यस वर्षको प्रहरी ब्याटन गण्डकी प्रदेशलाई, इलाकातर्फ बुटवल उत्कृष्ट
काठमाडौँ । यसवर्षको पुलिस ब्याटन गण्डकी प्रदेश प्रहरी कार्यालयले जितेको छ । केन्द्रीय मूल्याङ्कन समितिले गरेको कार्यदक्षता मूल्याङ्कनमा गण्डकी प्रदेश प्रहरी कार्यालय उत्कृष्ट भएको हो । ६८ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ‘प्रहरी ब्याटन’ प्रदान गर्दै छ । प्रहरी हेडक्वार्टरमा मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकी प्रदेश प्रहरी कार्यालयका डिआइजी बुद्धिराज गुरुङलाई अवार्ड प्रदान गर्ने कार्यक्रम छ ।
मूल्याङ्कन समितिको सिफारिसको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी उत्कृष्ट जिल्ला घोषित भएको छ । इलाकातर्फ इलाका प्रहरी कार्यालय बुटवल उत्कृष्ट भएको छ । इप्रका बुटवलका डिएसपी दान बहादुर थापालाई मङ्गलवार अवार्ड प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
चौकीतर्फ इलामको श्रीअन्तु प्रहरी चौकी उत्कृष्ट हुन सफल भएको छ । गणतर्फ बाँकेस्थित खजुरीमा अवस्थित प्रहरी गण उत्कृष्ट भएको छ । तालिम केन्द्रतर्फ दुधौली तालिम केन्द्र र नेपाल प्रहरी प्रदेश कार्यालय जनकपुर उत्कृष्ट भएका छन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी र डिआइजी यज्ञ विनोद पोखरेल सहितको मूल्याङ्कन टोलीले देशभरका प्रहरी कार्यालयमा पुगेर ‘कार्यदक्षता मूल्याङ्कन’ गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण