सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

यस वर्षको प्रहरी ब्याटन गण्डकी प्रदेशलाई, इलाकातर्फ बुटवल उत्कृष्ट

सोमबार, २९ असोज २०८०, ११ : ४०
सोमबार, २९ असोज २०८०

काठमाडौँ । यसवर्षको पुलिस ब्याटन गण्डकी प्रदेश प्रहरी कार्यालयले जितेको छ । केन्द्रीय मूल्याङ्कन समितिले गरेको कार्यदक्षता मूल्याङ्कनमा गण्डकी प्रदेश प्रहरी कार्यालय उत्कृष्ट भएको हो । ६८ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ‘प्रहरी ब्याटन’ प्रदान गर्दै छ । प्रहरी हेडक्वार्टरमा मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकी प्रदेश प्रहरी कार्यालयका डिआइजी बुद्धिराज गुरुङलाई अवार्ड प्रदान गर्ने कार्यक्रम छ ।

मूल्याङ्कन समितिको सिफारिसको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी उत्कृष्ट जिल्ला घोषित भएको छ । इलाकातर्फ इलाका प्रहरी कार्यालय बुटवल उत्कृष्ट भएको छ । इप्रका बुटवलका डिएसपी दान बहादुर थापालाई मङ्गलवार अवार्ड प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

चौकीतर्फ इलामको श्रीअन्तु प्रहरी चौकी उत्कृष्ट हुन सफल भएको छ । गणतर्फ बाँकेस्थित खजुरीमा अवस्थित प्रहरी गण उत्कृष्ट भएको छ । तालिम केन्द्रतर्फ दुधौली तालिम केन्द्र र नेपाल प्रहरी प्रदेश कार्यालय जनकपुर उत्कृष्ट भएका छन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी र डिआइजी यज्ञ विनोद पोखरेल सहितको मूल्याङ्कन टोलीले देशभरका प्रहरी कार्यालयमा पुगेर ‘कार्यदक्षता मूल्याङ्कन’ गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप