मुख्यमन्त्री यादवले गरे जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण
सोमबार, २९ असोज २०८०, १६ : ०७
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी सेवा प्रवाहबारे जानकारी लिएका छन् ।
प्रयोगशालाले प्रदान गरेको सेवाबारे चासो लिँदै मुख्यमन्त्री यादवले सोमबार बिहान त्यहाँ पुगेर सेवाग्राहीसँग सेवा प्रवाहबारे जानकारी लिएका हुन् ।
एउटामात्र काउण्टर भएको भन्दै सेवाग्राहीहरुले गुनासो गरेपछि मुख्यमन्त्री यादवले काउण्टर सम्बन्धी समस्या समाधान गर्न प्रयोगशालाका निर्देशक डा।श्रवण मिश्रलाई निर्देशन दिए ।
सेवाप्रवाहमा तदारुकता ल्याएर सेवाग्राहीको काम छिटो छरितो गर्न मुख्यमन्त्री यादवले निर्देशक मिश्रलाई निर्देशन दिए ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सुलभ दरमा ल्याब सम्बन्धी सेवा प्रदान गर्दै आएको छ । प्रदेश सरकारको लगानीमा सञ्चालित उक्त प्रयोगशालाले दैनिक सयौँ बिरामीको जाँच गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण