दुग्ध संस्थाहरुले एक महिनाभन्दा बढी बाँकी नरहने गरी किसानहरुलाई भुक्तानी गर्नुपर्छ : मन्त्री भुसाल
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले एक महिनाभन्दा बढी बाँकी नराख्ने गरी किसानहरुलाई दूधको भुक्तानी गर्न दुग्ध विकास संस्थाहरुलाई निर्देशन दिएका छन् ।
सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उनले कारोबार भएको एक महिना भित्र किसानहरुलाई दूधको भुक्तानी गर्न दूधसँग सम्बन्धित सबै संस्थालाई निर्देशन दिइएको बताएका हुन् । उनले दूधसँग सम्बन्धित संस्थाहरुको समस्या समाधानका लागि मन्त्रालयले उनीहरुको स्टक रहेको दुधलगायतका उत्पादनहरुलाई धितो राखी सहुलियतमा ऋण उपलब्ध गराउनका लागि पहल गरिदिने समेत बताए । दुधसम्बन्धि संस्थाहरुको स्टक रहेको उत्पादनबाट सहुलियत दरमा ऋण दिलाउन सकियो भने उनीहरुको समस्या पनि समाधान भएर जाने मन्त्री भुसालको भनाई थियो ।
मन्त्री भुसालले लम्पी स्किनविरुद्धको खोप नेपालमै उत्पादन गर्नका लागि आवश्यक तयारीको कामलाई अघि बढाइएको पनि दोहो¥याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण