भोलिदेखि खसी-बोका बेच्दै खाद्य, कति पर्छ मूल्य ?
सोमबार, २९ असोज २०८०, १७ : ५४
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भोलि (असोज ३० गते)देखि खसीबोका बिक्री सुरु गर्ने भएको छ । कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले भोलिदेखि काठमाडौँ उपत्यकामा खसीबोका बिक्री सुरु गर्ने जानकारी दिएकी हुन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतमा बिक्री गर्ने जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तोकिएको छ । यस्तै, जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ६० रुपैयाँ प्रतिकिलो कायम रहेको न्यौपानेले जानकारी दिइन् ।
खाद्यले खसीबोका र च्याङ्ग्राको बिक्रीमा प्रतिकिलो १० रुपैयाँ छुट दिने छ । छुटसहितको खसीबोका तथा च्याङ्ग्रा कम्पनीको प्रादेशिक कार्यालय थापाथलीबाट बिक्री हुने जनाइएको छ । खाद्यले प्रत्येक वर्षको दसैँ र तिहारमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण