शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

घरेलु उद्योगका सामग्रीहरुलाई आधुनिकताको नाममा हेलचेक्राँई नगरौँ : राजेश हमाल

सोमबार, २९ असोज २०८०, १८ : ०६
सोमबार, २९ असोज २०८०

काठमाडौँ । कलाकार राजेश हमालले घरेलु उद्योगलाई बढावा दिनुपर्ने आवश्यकता रहेको बताएका छन् । 

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रत्येक नागरिकले घरेलु उत्पादन र उद्योगलाई महत्त्व दिनुपर्ने बताए । उनले घरेलु उद्योग एउटा व्यवसाय मात्रै नभएको भन्दै यसले देश, संस्कृति र हाम्रो कलालाई प्रतिनिधित्व गर्ने बताए । 

हमालले घरेलु उद्योग ओझेलमा पर्नु, लोप हुनु भनेको संस्कृति र कला लोप हुनु रहेको बताए । उनले पुर्खाको सीप, कलालाई प्रतिनिधित्व गर्ने घरेलु उद्योगका सामग्रीहरुलाई आधुनिकताको नाममा हेलचेक्राँई गरे समाजको लागि र परम्परागत संस्कृतिको लागि हानी पुग्ने बताए ।

हमालले नेपालका घरेलु उद्योगका सामग्रीहरुको महत्त्व करिब ४० वर्ष पहिला धेरै महत्त्वपूर्ण हुने गरेको र लोकप्रिय रहेको बताए । उनले नेपालका घरेलु उद्योगबाट उत्पादित सामग्रीहरु विश्व बजारमा ओझेलमा परेको बताए ।

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप