उपत्यका ट्राफिक प्रहरी कार्यदक्षता मूल्यांकनमा उत्कृष्ट
काठमाडौँ । ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम गरेको मुल्यांकनसहित उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पुरस्कृत गरिएको छ । ६८ औँ प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक वसन्त कुँवरले उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिआईजी पोषराज पोखरेललाई पुरस्कार प्रदान गरेका हुन् ।
नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) मा ट्राफिक व्यवस्थापनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय उत्कृष्ट ठहरिएको छ । कार्यदक्षता मुल्यांकनमा उत्कृष्ट ठहरिएका अन्य प्रहरी कार्यालयहरुलाई पनि पुरस्कृत गरिएको छ ।
प्रदेश कार्यालयतर्फ नेपाल प्रदेश प्रहरी कार्यालय जनकपुर, तालिम केन्द्रतर्फ प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, गणतर्फ प्रदेश प्रहरी गण खजुरा बाँके, जिल्लातर्फ जिल्ला प्रहरी कार्यालय सुनसरी, र ईलाका तर्फ बुटवल उत्कृष्ट भएको छ । उत्कृष्ट युनिटका ईन्चार्जहरुलाई आईजीपी कुँवरले पुरस्कार र प्रसंसापत्र प्रदान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण