सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यका ट्राफिक प्रहरी कार्यदक्षता मूल्यांकनमा उत्कृष्ट

सोमबार, २९ असोज २०८०, १९ : ५०
सोमबार, २९ असोज २०८०

काठमाडौँ । ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम गरेको मुल्यांकनसहित उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पुरस्कृत गरिएको छ । ६८ औँ प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक वसन्त कुँवरले उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिआईजी पोषराज पोखरेललाई पुरस्कार प्रदान गरेका हुन् ।

नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) मा ट्राफिक व्यवस्थापनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय उत्कृष्ट ठहरिएको छ । कार्यदक्षता मुल्यांकनमा उत्कृष्ट ठहरिएका अन्य प्रहरी कार्यालयहरुलाई पनि पुरस्कृत गरिएको छ ।

प्रदेश कार्यालयतर्फ नेपाल प्रदेश प्रहरी कार्यालय जनकपुर, तालिम केन्द्रतर्फ प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, गणतर्फ  प्रदेश प्रहरी गण खजुरा बाँके, जिल्लातर्फ जिल्ला प्रहरी कार्यालय सुनसरी, र ईलाका तर्फ बुटवल उत्कृष्ट भएको छ । उत्कृष्ट युनिटका ईन्चार्जहरुलाई आईजीपी कुँवरले पुरस्कार र प्रसंसापत्र प्रदान गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप