कोकाकोलाले ‘सम्बन्ध उत्सव स्वादसँग’ अभियान पुनः सुरु गर्दै
काठमाडौँ । कोकाकोला नेपालले दसैँ र तिहारका लागि आफ्नो लोकप्रिय ‘सम्बन्ध उत्सव स्वादसँग’ अभियानलाई पुनः सुरु गर्दैछ। अभियानमा यही धारणालाई जोड दिन नेपालमा दसैँ र तिहारलाई प्रतिनिधित्व गर्ने कलाकृतिहरू देखाउने दुईवटा लेबलहरू राखिनेछ।
दुईवटा लेबलमा रहेका कलाकृतिले दसैँमा टीका लगाउने, तिहारमा दियो बाल्ने र देउसी भैलो खेलेर मनाउने जस्ता गतिविधिहरू समेटेको छ। उक्त लेबलहरू कोकाकोला १ लिटर, १.५ लिटर र २.२५ लिटरका बोतलहरूमा उपलब्ध हुनेछन् ।
कोकाकोला बेभरेज नेपालका म्यानेजिङ्ग डाईरेक्टर, जी. दीपक सेन्थिल नाथले भने, ‘कोका—कोला ५० वर्षदेखि नेपाली समाज र उत्सवको एक हिस्सा रहेको छ जसमाथि हामी धेरै गर्व गर्दछौँ । कोकाकोलासँग मानिसहरूलाई एकजुट बनाउन प्रतिबद्ध छौँ। हामी आशा गर्दछौँ कि ‘सम्बन्ध उत्सव स्वाद सँग’ अभियानले यो दसैँ र तिहारलाई नेपालभरका परिवारहरूका लागि अझ विशेष बनाउन मद्दत गर्नेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण