शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

ब्याजदरमा बैंकहरु प्रायः स्थिर : केहीले सामान्य वृद्धि गर्दा झण्डै दर्जन बैंकले घटाए

मङ्गलबार, ३० असोज २०८०, १८ : ०५
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले प्रायः ब्याजदरको स्थिर नीति अवलम्बन गर्ने रणनीति अघि सारेका छन् । चालु असोज महिनाका लागि प्रतिस्पर्धामा नै उत्रिएर निक्षेप तान्ने होडमा लागेका बैंकहरु कात्तिकका लागि भने ब्याजदरमा केही लचकता अपनाउँदै लगानी सहजीकरणको बाटो देखिएका हुन् । 

बैंकहरुको बढ्दो ब्याजदरसँगै बजारमा लगानीको वातावरण नभएपछि लगानीकर्ताहरु कर्जा लिन हच्किएका थिए । जसले गर्दा बैंकहरुको लगानी हुन नसकेर झण्डै ५ खर्ब रुपैयाँ हाराहारी तरलता त्यतिकै थुप्रिन पुगेको थियो । यसले गर्दा पनि आगामी महिनाका लागि ब्याजदर घटाउनुपर्ने दबाब बैंकहरुमा रहेको देखिन्छ । 

तथापि, कात्तिकका लागि निक्षेपको नयाँ ब्याजदर प्रस्ताव गरेका बैंकहरुले चालु असोजमा कायम ब्याजदरमा सामान्य हेरफेर मात्र गरेका छन् । 

हिमालयन बैंक, एनआईसी एशियका बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बैंक, प्रभू बैंक, सानिमा बैंक र स्ट्यान्र्ड चार्टर्ड बैंकले आफ्नो प्रस्तावित ब्याजदरमा सामान्य परिमार्जन गर्दै झिनो अंक (शून्य दशमलव) ले घटाएका छन् । असोजका लागि अधिकतम ११.०५४ प्रतिशत ब्याजदर तोकेको हिमालयन बैंकले कात्तिकका लागि ११.०३ प्रतिशत ब्याजदर तोकेको छ । 

यस्तै, असोजका लागि ९.९५३ प्रतिशत ब्याजदर तोकेको सानिमा बैंक र ९.२९ प्रतिशत ब्याजदर तोकेको स्ट्यान्र्ड चार्र्टर्ड बैंकले कात्तिकका लागि क्रमशः ९.२२४ प्रतिशत र ९.२२ प्रतिशत ब्याजदर तोकेका छन् । 

तर यता नबिल बैंकसहित प्राइम कमर्सियल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकले भने १ प्रतिशतमाथिले ब्याजदर घटाएका छन् । असोजका लागि ११.०५४ प्रतिशत ब्याजदर कायम गरेको नबिल बैंकले कात्तिकका लागि जम्मा १० प्रतिशत मात्र ब्याजदर तोकेको छ । 

यस्तै असोजका लागि ११.०३ प्रतिशत ब्याजदर तोकेको नेपाल इन्भेष्टमेन्ट बैंकले कात्तिकका लागि १०.०१ प्रतिशत ब्याजदर तोकेको छ । 

एनएमबी बैंक र नेपाल एसबीआई बैंकको बढ्यो ब्याजदर

तर यता दुई वटा वाणिज्य बैंक एनएमबी बैंक र नेपाल एसबीआई बैंकले भने कात्तिकका लागि केही झिनो अंकले वृद्धि गर्दै नयाँ ब्याजदर प्रस्ताव गरेका छन् । असोज महिनाका लागि अधिकतम ९.९९ प्रतिशत ब्याजदर प्रस्ताव गरेको एनएमबी बैंकले कात्तिकका लागि ११.००३ प्रतिशत ब्याजदर प्रस्ताव गरेको हो । 

यस्तै असोजका लागि १० प्रतिशत ब्याजदर तोकेको नेपाल एसबीआई बैंकले आगामी कात्तिक महिनाका लागि १०.७ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । 

अन्य बाँकी बैंकहरु लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे«े बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंकले असोज महिनाकै ब्याजदर कायम गर्दै ब्याजदरमा स्थिर नीति लिएका छन् । 

प्रस्तावित ब्याजदर कात्तिक १ गते अर्थात् भोलि बुधबारदेखि लागू हुनेछ । अघिल्लो महिनाका लागि प्रस्तावित ब्याजदर पछिल्लो महिनाको मसान्तसम्मा प्रकाशित गरिसक्नुपर्ने केन्द्रीय बैंकको नीति अनुसार नै बैंकहरुले आफ्नो प्रस्तावित ब्याजदर मंगलबार सार्वजनिक गरेका हुन् । 

 बैंकहरुको तुलनात्मक प्रस्तावित ब्याजदर (प्रतिशतमा)

b

Annotation 2023-10-17 175755

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप