आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख क्षेत्री सम्मानित

मङ्गलबार, ३० असोज २०८०, २१ : १८
मङ्गलबार, ३० असोज २०८०

बारा । प्रहरी दिवसको अवसरमा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्री मधेस प्रदेश उत्कृष्ट प्रहरीबाट सम्मानित भएका छन् । 

प्रहरी दिवस २०८० को अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा ईप्रका सिमराका प्रमुख क्षेत्रीलाई मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सम्मान गरेका हुन् । 

प्रहरी नायव उपरीक्षक क्षेत्री फागुन १ गतेदेखि ईप्रका सिमराको प्रमुख रुपमा कार्यरत छन् । करिब ८ महिनाको अवधिमा भन्सार छली गरेर ल्याएका सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालयमा बुझाउने, चोरी तस्करी नियन्त्रण, नदीजन्य पदार्थको संरक्षण, लागुऔषध तथा गाँजाको ओसारपोसार नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने लगायत क्षेत्रमा आफूले महत्वपुर्ण काम गरेको प्रहरी नायव उपरीक्षक क्षेत्रीले बताए । 

‘करिब ८ महिनाको अवधिमा मेरो नेतृत्वमा रहेको प्रहरीको टिमले ८ करोडभन्दा बढीको राजस्व संकलन गरेको छ, यो मात्राको राजस्व अहिलेसम्म संकलन हुन सकेको थिएन’ प्रमुख क्षेत्रीले भने । 

क्षेत्री २०६१ साल जेठ १५ गते प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप