इलाका प्रहरी कार्यालय सिमराका प्रमुख क्षेत्री सम्मानित
बारा । प्रहरी दिवसको अवसरमा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्री मधेस प्रदेश उत्कृष्ट प्रहरीबाट सम्मानित भएका छन् ।
प्रहरी दिवस २०८० को अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा ईप्रका सिमराका प्रमुख क्षेत्रीलाई मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सम्मान गरेका हुन् ।
प्रहरी नायव उपरीक्षक क्षेत्री फागुन १ गतेदेखि ईप्रका सिमराको प्रमुख रुपमा कार्यरत छन् । करिब ८ महिनाको अवधिमा भन्सार छली गरेर ल्याएका सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालयमा बुझाउने, चोरी तस्करी नियन्त्रण, नदीजन्य पदार्थको संरक्षण, लागुऔषध तथा गाँजाको ओसारपोसार नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने लगायत क्षेत्रमा आफूले महत्वपुर्ण काम गरेको प्रहरी नायव उपरीक्षक क्षेत्रीले बताए ।
‘करिब ८ महिनाको अवधिमा मेरो नेतृत्वमा रहेको प्रहरीको टिमले ८ करोडभन्दा बढीको राजस्व संकलन गरेको छ, यो मात्राको राजस्व अहिलेसम्म संकलन हुन सकेको थिएन’ प्रमुख क्षेत्रीले भने ।
क्षेत्री २०६१ साल जेठ १५ गते प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण