ऊर्जामन्त्री बस्नेत थाइल्याण्ड प्रस्थान
काठमाडौँ । ‘तेस्रो एशिया– प्यासिफिक इनर्जी फोरम’मा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । फोरम यही अक्टोबर १९ र २० मा आयोजना हुँदैछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देललगायत उच्च अधिकारीले उनलाई बिदाइ गरेका थिए । दिगो विकासका लक्ष्य प्राप्तिमा ऊर्जा क्षेत्रले पुर्याएको योगदान, नेपालले अवलम्बन गरेको नीति, कार्यक्रम र लक्ष्य तथा त्यसबाट प्राप्त प्रगतिलगायत विषयमा मन्त्री बस्नेतले सो कार्यक्रममा विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
यस्तै जलवायु परिवर्तनमा नेपालको भूमिका कम भए पनि असर भने बढी परेको सन्दर्भमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल महत्वपूर्ण हुनेछ । कार्बन उत्सर्जन र न्यूनीकरणका लागि गरिएको प्रयासका बारेमा समेत उक्त कार्यक्रममा विचार विमर्श हुने बताइएको छ । मन्त्री बस्नेतको साथमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल पनि थाइल्याण्ड प्रस्थान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण