अपर मुस्ताङलाई निषेधित क्षेत्रबाट हटाउन प्रधानमन्त्रीसँग गाउँपालिकाको माग
पोखरा । अहिले नेपालमा सबैभन्दा महँगो ठाउँ हो अपर मुस्ताङ । नेपाल सरकारले यसलाई निषेधित क्षेत्रको रूपमा राखेको छ । जहाँ विदेशीलाई छिर्नै महँगो शुल्क तिर्नुपर्छ । यस्तो क्षेत्र मुस्ताङमा मात्रै होइन, मनाङ र गोरखामा पनि छन् ।
अपर मुस्ताङका लोमान्थाङ गाउँपालिका, बारागुङ मुक्ति क्षेत्र गाउँपालिका र ल्हो घेकर दामोदर कुण्ड गाउँपालिकाका सबै ठाउँलाई निषेधित क्षेत्र भनेर तोकिएको छ । जहाँ प्रवेश गर्दा विदेशी पर्यटकले १० दिनका लागि ५ सय अमेरिकी डलर तिर्नुपर्छ । त्यसपछि पनि घुम्ने मन भएप्रति दिन ५० अमेरिकी डलर तिर्नुपर्छ ।
निषेधित क्षेत्र कायम गरेका कारण विदेशीहरु सजिलै छिर्न नपाउने र स्थानीयको आर्थिक उपार्जनमा समस्या भएको भन्दै लोमन्थाङ गाउँपालिकाले आफ्नो क्षेत्रलाई निषेधित सूचीबाट हटाइदिन आग्रह गरेको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अध्यक्ष टसी न्हुर्वु गुरुङले निषेधित क्षेत्रबाट हटाउने निवेदन बुझाए । गाउँपालिकाले यसअघि असोज २२ गते बसेको कार्यपालिका बैठकबाट पनि निषेधित क्षेत्रबाट हटाउन माग गर्ने निर्णय गरेको थियो ।
‘उपल्लो मुस्ताङ क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दा पर्यटक आगमनमा कमी भई यहाँको पर्यटन व्यवसाय प्रभावित भएको पर्यटन व्यवसायीको गुनासो छ । यहाँ छिर्न पर्यटन शुल्क समेत अत्यधिक बढी भएको हुनाले उक्त निषेधित क्षेत्रलाई सम्भव भएसम्म नियमानुसार हटाइदिनु हुन आग्रह गर्दछौँ,’ निवेदनमा भनिएको छ, ‘यसबाट सर्वसाधारणदेखि पर्यटन व्यवसायी समेत खुसी हुन्छन् ।’ पालिकाले पर्यटन व्यवसायीहरुको निर्णय र पालिकाको निर्णय समेत संलग्न गरेर पठाएको गुरुङले बताए । यो क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण