एनआईसी एसिया लघुवित्तले नगद लाभांश वितरण गर्ने
बुधबार, ०१ कात्तिक २०८०, २३ : ०२
काठमाडौँ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बराबरको नगद लाभांश बाँड्ने निर्णय गरेको छ ।
सञ्चालक समितिको बुधबार बसेको १८८औँ बैठकले हाल कायम चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख चालिस हजार रुपैयाँको १५% अर्थात् २६ करोड ९ लाख सोह्र हजार बराबरको कर प्रयोजनसहित नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भई वित्तीय संस्थाको आगामी छैटौँ वार्षिक साधारण सभाबाट पारित भए पश्चात् लागु हुने गरी वितरण गर्ने निर्णय भएको संस्थाले जनाएको छ । संस्था स्थापना भएको ६ वर्ष पूरा भएको छ । यो वित्तीय संस्था मुलुकभर ७४ जिल्लामा २८७ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी
-
सुनको मूल्य सामान्य बढ्यो
-
फिल्म ‘माया भनेकै यस्तो होला’ मा मदनकृष्णदेखि सृष्टिसम्मको अभिनय
-
टोरन्टोको सडक महोत्सवमा गोलीबारी, कम्तीमा २ जनाको मृत्यु
-
अमेरिकाद्वारा इरानका करिब १४० सैन्य लक्ष्यमा आक्रमण
-
मिटरब्याज विरुद्धको पैदल यात्रा चौथो दिनमा प्रवेश, लालबन्दीबाट काठमाडौँतर्फ अघि बढे पीडित (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण