सुनको मूल्य सामान्य बढ्यो
सारांश
- आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा रु ६०० ले बढेको छ।
- छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८८ हजार कायम गरिएको छ, जुन शुक्रबारको तुलनामा बढी हो।
- चाँदीको मूल्य प्रतितोला रु ३५ ले घटेर रु ४ हजार ४७५ निर्धारण गरिएको छ।
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा रु ६०० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८८ हजार कायम गरिएको छ। यो शुक्रबारको तुलनामा प्रतितोला रु ६०० बढी हो।
शुक्रबार छापावाल सुन प्रतितोला रु २ लाख ८७ हजार ४०० मा कारोबार भएको थियो।
महासंघका अनुसार आइतबार सुनको मूल्य प्रति १० ग्राम रु २ लाख ४६ हजार ९१५ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी प्रतितोला रु ४ हजार ४७५ निर्धारण गरिएको छ, जुन शुक्रबारको प्रतितोला रु ४ हजार ५१० को तुलनामा रु ३५ कम हो।
चाँदीको प्रति १० ग्राम मूल्य रु ३ हजार ८३७ कायम भएको महासंघले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा दैनिक रूपमा नेपाली बजारका लागि सुन तथा चाँदीको कारोबार मूल्य निर्धारण गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्वराजाको निधन
-
जोर्डनको हवाई अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको इरानको दाबी
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण