आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

फिल्म ‘माया भनेकै यस्तो होला’ मा मदनकृष्णदेखि सृष्टिसम्मको अभिनय

आइतबार, २८ असार २०८३, १० : ५२
आइतबार, २८ असार २०८३

सारांश

  • फिल्म ‘माया भनेकै यस्तो होला’ भदौ २६ गते प्रदर्शनमा आउँदैछ र यसको मुख्य कलाकारहरू समेटिएको पोस्टर सार्वजनिक भएको छ ।
  • पोस्टरमा मदनकृष्ण श्रेष्ठ ह्विलचेयरमा छन्, जसले उनको शारीरिक अशक्ततालाई दर्शाउँछ ।
  • रेखा थापाद्वारा निर्देशित यो फिल्म पारिवारिक ड्रामा हो र यसमा मदनकृष्ण श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह लगायतका कलाकारहरूको अभिनय छ ।

काठमाडौँ । ‘माया भनेकै यस्तो होला’ भदौ २६ गतेबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले मुख्य कलाकार सबै समेटिएको पोस्टर सार्वजनिक गरेको छ ।

पोस्टरमा फिल्मका दिल श्रेष्ठ हल्दी डे मनाइरहेका छन् भने त्यसमा मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ समेत अटाएका छन् ।

विवाहपूर्व मनाइने यो हल्दी डेमा उपस्थिति सबै प्रफुल्ल मुद्रामा छन् । हल्दी डे का लागि सजाइएको झकिझकाउ स्पेस र उपस्थितहरूको पहिरनले खानदानी परिवारको छोराको बिहे भइरहेको प्रस्ट पारेको छ ।

नम्रताको हातमा बधाईका लागि हुनेवाला दुलाहालाई दिन ल्याएको बुके छ । मदनकृष्ण भने ह्विलचेयरमा छन् । यसले उनी शारीरिक रूपमा अशक्त रहेको देखाउँछ ।

पूर्ण पारिवारिक यो पोस्टरले सिनेमा फेमेली ड्रामा रहेको बताएको छ । फिल्म अभिनेत्री रेखा थापाले निर्देशन गरेकी हुन् । रेखाको ८ वर्षपछि निर्देशन कमब्याक भएको हो ।

उनले यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्म निर्देशन गरिसकेकी छन् । ‘दिया एन्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ ।

विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ । लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको अभिनय छ ।

‘दिया एन्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको चलचित्रमा हरिनारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन् ।

फिल्ममा ध्रुव लम्सालको पटकथा लेखन रहेको छ । फिल्म देशभर रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप