शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
सुरक्षा

लुम्बिनी प्रदेशको चाडपर्व सुरक्षा रणनीति : ८ हजार प्रहरी फिल्डमा

बिहीबार, ०२ कात्तिक २०८०, ०९ : ३८
बिहीबार, ०२ कात्तिक २०८०

बुटवल । लुम्बिनी प्रदेशमा प्रदेश प्रहरी कार्यालयले दसैँ तिहार चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेर कार्यान्वयनमा ल्याएको छ । 

चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेश अन्तरगतका १२ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयहरूलाई पत्राचार सहित निर्देशन दिइएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले बताए । 

उनले प्रदेश मातहत रहेका करिब ८ हजार १ सय ७७ जना प्रहरी फिल्डमा खटाइएको  रातोपाटीलाई बताए । प्रदेशको सुरक्षा व्यवस्था चुस्त दुरुस्त पार्नका निमित्त सुरक्षामा असर पुर्याउने कारणहरू पहिचान गरेर, म्यानेजर र कन्ट्रोल गर्ने गरी संयन्त्र बनाइएको बताउँदै कहीँ कतै असुरक्षाका घटना भए भने तत्काल पुलिस पुग्ने गरी आवश्यक सुधार, कन्ट्रोल र मेन्टेन गर्ने योजना सुनाए । 

चाडपर्वको समयमा कुनै पनि आपराधिक गतिविधि हुन नदिका लागि प्रदेशभर ड्रेस र सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ ।  शान्ति सुरक्षाका लागि प्रभावकारी रूपमा कार्यतालिका बनाइएको डिआइजी जोशीले बताए । उनले प्रदेशमा चल्ने सार्वजनिक यातायातमा पनि सादा पोसाकमा प्रहरी खटाइने जानकारी दिए । 

उनका अनुसार यात्रुहरूलाई र सीमावर्ती क्षेत्रमा नागरिकहरूको सहजताका लागि प्रदेशका विभिन्न जिल्लामा ३५ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । 

धेरैजसो यात्रु सहायता कक्ष नागरिकहरूको भिडभाड हुने बसपार्क र सिमानाकामा क्षेत्रमा राखिएको छ । प्रदेशभरीका यात्रु सहायता कक्षमा १ सय ७ जना प्रहरीहरू खटिएका छन् । डिआइजी जोशीले प्रहरी जनशक्तिलाई यहाँको आवश्यकताअनुसार परिचालन गर्ने बताउँदै जिल्लाका सदरमुकाम, वित्तीय सङ्घसंस्था धेरै जनशक्ति परिचालन गरिएको जानकारी दिए । 

1 - Copy

बजारमा गस्ती पेट्रोलिङ, इन्फरमेसन कलेक्सन, वित्तीय सङ्घसंस्थालाई सुरक्षा, सदरमुकाममा विभिन्न माग राखेर हुने आन्दोलन, कोणसभा, डेलिगेसन र आमसभालाई ध्यानमा राख्दै अहिले प्रदेशको सुरक्षा व्यवस्था मिलाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै भिआइपी मुभमेन्टलाइ विशेष ख्याल गरिएको र चाडपर्वमा हुने घटनालाई मध्यनजर गर्दै यात्रु मैत्री अभियान चलाएको डिआइजी जोशीको भनाई छ ।  

भाडाका सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई पर्ने दुःख, समस्या र गाडीमा भएको आरक्षण सिट उचित रूपमा पालना नभएको र भाडामा ठगिने यी कुराहरू भएका छन् या छैनन् भनेर यात्रुमैत्री अभियानका क्रममा प्रदेश प्रहरी कार्यालयबाट चाडपर्व लक्षित अनुगमन हुने बताए । 

चाडपर्वको अवसरमा हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधिहरूलाई नियन्त्रण गर्न प्रदेश प्रहरी कार्यालयद्वारा तयार पारिएको एकीकृत चाडपर्व सुरक्षा कार्य योजना अनुसार मोबाइल गस्ती, क्यूआरटी र पैदल गस्तीहरू समेत गरिने छ । त्यसका लागि २ सय बढी स्थान तोकिएको छ । जोखिम सम्भावित क्षेत्रहरूमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ भने अपराधका सम्भावित स्थानमा सर्च गर्ने गरी तयारी थालिएको छ ।

डिआइजी जोशीका अनुसार प्रदेशभर डेढ सय बढी क्यूआरटी परिचालन गरिएको छ भने केही थप चेक प्वाइन्ट राखिएको छ ।

जसले सडक सुरक्षालाई थप प्रभावकारिता बनाउने अपेक्षा लिइएको छ । आकस्मिक हुने घटनाहरूको लागि थप जनशक्ति तयारी अवस्थामा राखिएको छ । 

यसअघि भइरहेको ट्राफिक व्यवस्थापनलाई थप सुदृढ पार्न प्रहरी र ट्राफिक मिलेर प्रदेशका सम्भावित दुर्घटना स्थलहरू नजिकै संयुक्त चेकिङको व्यवस्थापन गरिएको छ भने सरोकार बालासँग मिलेर बजार अनुगमनलाई तीव्र पारिएको छ । यस्तै कतिपय अवस्था सशस्त्र प्रहरी सँग पनि परिस्थिति अनुसार सहकार्य गर्ने प्रहरीको तयारी छ ।

लामो दुरीका सवारी साधनहरूमा दुई वटा चालकको व्यवस्था गर्न निर्देशन दिइएको र त्यसको सुपरिवेक्षण गर्न प्रदेशबाट प्रहरी टोली खटाइने छ । सवारी साधनलाई नियमन गर्नका लागि विशेष चेकिङको पनि योजना पनि प्रदेश प्रहरीले ल्याएको छ । 

डिआइजी जोशीले भने ‘चाडपर्व विशेष अवस्था हो । विशेष अवस्थामा विगतका चाडपर्वमा के कस्ता घटना घटेका छन् ? त्यसलाई विश्लेषण गरेका छौँ । अहिलेको चाडपर्वमा के थ्रेट हुनसक्छ, के जोखिमहरू हुन सक्छन्, त्यो लोकल वातावरणमा के सुरक्षात्मक समस्या हुन सक्छन् भन्ने विषय सबै विश्लेषण गरेर सुरक्षा योजना बनाएका छौँ–डिआइजी जोशीले थपे–‘जिल्लागत रूपमा पनि सुरक्षा योजना बनाएका छौँ । प्रदेश हेड क्वाटरले पनि एकीकृत सुरक्षा योजना बनाएको छ । त्यसले गर्दा कति जनशक्ति थप्नुपर्ने हो, त्यो पनि योजना बनाएका छौँ । चाडपर्वमा जिल्ला जिल्लामा नागरिकको सुरक्षाका लागि प्रहरीले सुरक्षा योजना अपनाएको छ । सडक दुर्घटना न्यूनीकरण, विपद्का घटनामा पनि हामीले ध्यान दिएका छौँ । चोरी, लुटपाट र पाकेटमारप्रति हामी केन्द्रित भएका छौँ ।’

dij‘सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकको जनजीवन सामान्य तुल्याउन, बैङ्क तथा वित्तीय सङ्घसंस्थाहरूमा हुने कारोबार सुरक्षित गराउन, विभिन्न गन्तव्य सम्म जाने यात्रुहरूलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन र कुनै पनि किसिमको अप्रिय घटना हुन्  नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएको सुरक्षा मापदण्डसमेतलाई लक्षित गरी सुरक्षा योजना बनाइएको छ', उनले भने ।

साइबर, सामाजिक सञ्जालको दुरुपयोग, आत्महत्याका घटनामा वृद्धि भएकाले यसलाई रोक्न प्रहरी मात्र पर्याप्त नहुने जोशीको भनाइ छ ।  स्थानीय नागरिकले हामी पनि बर्दी विनाका प्रहरी हौं भन्ने भावना मनमा लिएर काम गर्नुपर्ने उनले बताए । 

चोरी, तस्करी, लागु औषध कारोबार लगायतका अवैध गतिविधि नियन्त्रण गर्नका लागि सम्भावित स्थानहरूमा सुरक्षा व्यवस्थालाई कडाइ गरिएको पनि उनले बताए । 

आर्थिक कारोबार हुने स्थान, धार्मिक तथा पर्यटक स्थल, महत्त्वपूर्ण स्थान र झैँ–झगडा, जुवा तास, चोरी लुटपाट,मापसे, लापसे नियन्त्रणका लागि विभिन्न स्थान निर्धारण गरेर जनशक्ति परिचालन गरिएको उनको भनाई छ ।

4

चाडपर्वको नाममा हुन सक्ने सबै प्रकारका अवाञ्छित आपराधिक क्रियाकलापहरू रोकथाम तथा नियन्त्रण गर्दै नागरिकहरूले सुरक्षित र उल्लासका साथ चाडपर्व मनाउने विश्वसनीय वातावरण निर्माण गर्ने आफूहरूको प्रयासमा नागरिकको साथ अनिवार्य रहेको अपेक्षा गरिएको प्रदेश प्रहरी कार्यालयले उनको भनाई रहेको छ । 

’चाडपर्वको समयमा हुने गुण्डागर्दी, चोरी, लुटपाट, ठगी, ग्याङ फाइट, जुवा तास लगायतका आपराधिक घटनाहरूमा वृद्धि हुने सम्भावना रहन्छ । त्यसैले शान्ति सुरक्षाको जिम्मेवारी पाएको प्रहरीले त्यसको अनुभूति दिलाउने गरी काम गरिरहेको छ भन्ने तरिकाले हामी लागिरहेका छौँ’ जोशीले भने ।

चाडपर्वको वेला व्यक्ति आफैले पनि सावधानी अपनाउन उनले  सुझाएका छन् । चाडपर्वको वेला चोरी डकैती, पकेटमारको सम्भावना हुने भएकाले यसतर्फ सचेत हुँदै सामाजिक सञ्जाल फेसबुकमा आफ्नो व्यक्तिगत विवरण बारे नलेख्न उनले आग्रह गरे ।

‘फेसबुकमा घर जाँदै छौ भनेर हामीहरूले आफै नै सूचना दिइरहेका हुन्छौ, त्यस्ता सूचनाहरू दिन भएन, बरु छरछिमेक वा नजिकको प्रहरीलाई जानकारी दिए सुरक्षा गर्न सजिलो हुन्छ ।’ उनले यात्राका क्रममा नचिनेको व्यक्तिले चिनेजस्तो व्यवहार गरेर खुवाउने खानेकुरा नखान पनि उनले आग्रह गरे । उनले अहिले घर भाडामा बस्नेहरूको पनि अभिलेख तयार गरेर विवरणहरू राख्ने काम गरिएको जानकारी उनले दिए ।

6 - Copy

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप