मिस युनिभर्स नेपालले विश्वव्यापी राष्ट्रिय पोसाकसहित युद्ध र शान्तिको सन्देश फैल्याउने
काठमाडौँ । ‘मिस युनिभर्स नेपाल’को विश्वव्यापी प्रतियोगितामा नेपालले आफ्नो प्रतिनिधित्व गर्दै राष्ट्रिय पोसाक सहित विश्व शान्तिको कामना गर्ने भएको छ । आयोजक उमङ्ग क्रियसनले एक कार्यक्रम गर्दै मिस युनिभर्स नेपालले राष्ट्रिय पोसाक सहितको प्रस्तुति प्रस्तुत गरेको हो ।
मिस युनिभर्स नेपाल २०२३ की विजेता जैन दीपिका ग्यरेटले विश्वव्यापी मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली राष्ट्रिय पोसाक सहित आफ्नो प्रस्तुति मार्फत विश्वव्यापी रूपमा युद्ध र शान्तिको सन्देश फैल्याउने कार्यक्रममा जानकारी दिइयो ।
प्रतियोगितामा नेपालको राष्ट्रिय पोसाक प्रस्तुत गर्ने आयोजक संस्थाका डाइरेक्टर उद्धव अधिकारीले जानकारी दिए । उनले राष्ट्रिय पोसाक मार्फत विश्व शान्तिको कामना गर्दै विश्वव्यापी रूपमा युद्ध र शान्तिको सन्देश झल्काउने जमर्को गरिएको बताए । प्रतियोगीताका लागि जैन दीपिकाको कोरियोग्राफी प्रशान्त ताम्राकारले गरिरहेका छन् । ‘मिस युनिभर्स २०२३’ को ग्रान्ड फिनाले एल साल्वडोरमा आगामी नोभेम्बर १८ मा हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण