कांग्रेसले फागुन १ लाई जनयुद्ध दिवस मान्दैन : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले पपुलिजम रोगका रुपमा देखिएको बताएका छन् ।
नेपाल प्रेस युनियन काठमाडौँद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम उनले भने, 'अहिले विश्वमा पपुलिजको रोग छ । यो रोग विरुद्ध प्रेसका साथीहरू उभिनुपर्छ। प्रेसका समस्यामा हामी गम्भीर भएर लाग्छौँ ।'
पार्टीभित्रको समस्या र अन्यायबारे आगामी महासमिति बैठकमा गम्भीर छलफल हुने उनको भनाइ छ । सरकारै सरकारमा रहेको पार्टीका नेता कार्यकर्तालाई ८४ मा हारिन्छ भनेर किन चिन्ताभन्दै उनले प्रश्न गरे ।
चुनावअघि गठबन्धन गर्ने कुरा सैद्धान्तिक हिसाब गलत भएको भन्दै महासमिति बैठकले यसबारे धारण बनाउनुपर्ने महामन्त्री थापाले बताए ।
उनले जनयुद्ध दिवस कांग्रेसलाई मान्ने नहुने बताए ।'फागुन १ गते जनयुद्ध दिवसका रुपमा कांग्रेस मान्दैन । त्यो माओवादी पार्टीको कुरा हो । हामी मान्दैनौँ ।'
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रा काम आफूले र नराम्रो काम कांग्रेस गरेको आरोप लगाएको उनको भनाइ छ । 'प्रधानमन्त्रीले राम्रो जति मेरो, नराम्रो जति कांग्रेसको भन्नुहुन्छ । मन्त्रीहरुले कांग्रेसका कारण काम गर्न सकिन भनेर समाचार लेखाएका छन् । त्यसैले मैले निश्चित समय तोकेर सरकार कसले चलाउने टुंगो लगाउनुपर्छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
जलजलाको लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण