मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

कर्णालीमा भौतिक पूर्वाधारको बजेट पनि घट्यो, १० अर्ब ९३ करोड

सोमबार, ०१ असार २०८३, १८ : १४
सोमबार, ०१ असार २०८३

सारांश

  • कर्णालीमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बजेट आगामी आर्थिक वर्षमा १० अर्ब ९३ करोड ८१ लाख १० हजार छुट्याइएको छ ।
  • चालु आर्थिक वर्षमा यस मन्त्रालयका लागि ११ अर्ब १ करोड विनियोजन गरिएको थियो ।
  • १४ वटा रणनीतिक सडक आयोजनाका लागि ६५ करोड, १२२ वटा झोलुङ्गे पुलका लागि ३६ करोड ७५ लाख, एकीकृत प्रशासनिक भवनका लागि ७५ करोड र स्मार्ट सिटी विकासका लागि ३७ करोड विनियोजन गरिएको छ ।

सुर्खेत । कर्णालीमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बजेट घटेको छ । यसअघि सबैभन्दा धेरै र प्राथमिकतामा रहँदै आएको यो मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा १० अर्ब ९३ करोड ८१ लाख १० हजार बजेट छुट्याइएको छ ।

चालु आर्थिक वर्षमा यो मन्त्रालयका लागि ११ अर्ब १ करोड विनियोजन गरिएको थियो ।  अर्थमन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै पूर्वाधार तर्फ विगतका धेरैजसो आयोजनालाई बजेट विनियोजन गरे । ती आयोजनालाई सम्पन्न गर्न आगामी वर्ष सरकारले प्राथमिकता दिएको छ ।

१४ वटा रणनीतिक सडक आयोजनाका लागि ६५ करोड र १२२ वटा नयाँ झोलुङ्गे पुल निर्माणका लागि  ३६ करोड ७५ लाख विनियोजन गरिएको छ । प्रदेशको एकीकृत प्रशासनिक भवन निर्माणलाई उच्च प्राथमिकता दिँदै रु ७५ करोड छुट्याइएको छ । वीरेन्द्रनगर, नारायण र दुनै लगायतका सहरलाई ‘स्मार्ट सिटी’ का रूपमा विकास गर्न ३७ करोड विनियोजन गरिएको छ ।

भूकम्प पुनर्निर्माण र आवासः जाजरकोट र रुकुम पश्चिमको भूकम्पपछिको पुनर्निर्माण तथा विपन्न आवास कार्यक्रमका लागि रु ३४ करोडभन्दा बढी रकम खर्च गरिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप