नवलपुरमा सोह्र हजार बढी पशुचौपायालाई लम्पीस्किनविरुद्ध खोप लगाइयो
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व नवलपुर) मा १६ हजारभन्दा बढी पशुचौपायलाई लम्पीस्किनविरुद्धको खोप लगाइएको छ । जिल्लामा हालसम्म १६ हजार बढी गाईभैँसीमा लम्पीस्किन रोगविरुद्धको खोप लगाइएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका प्रमुख डा ऋषभ गुरागाईँले बताए ।
“गाईभैँसीमा लम्पीस्किन रोग सङ्क्रमणदर बढ्दै जान थालेपछि यसको रोकथामका लागि जिल्लामा १६ हजार सात सय ६३ पशुचौपायामा खोप लगाइएको हो”, उनले भने, “भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरद्वारा छ हजार खोप, जिल्लाका विभिन्न स्थानीय तहबाट १० हजार एक सय ६८, किसान स्वयंले पाँच सय ९५ गरी जम्मा जिल्लामा १६ हजार सात सय ६३ पशुचौपायामा खोप दिइएको हो ।”
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पाँच लाख बराबर र स्थानीय तहहरूले सोही मात्रामा औषधि खरिद गरी किसानलाई वितरण गरिएको उनले बताए । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका आठवटै स्थानीय तहमा लम्पीस्किन रोगविरुद्धको खोप वितरण गरेको छ । सङ्क्रमण थप फैलन नदिन भन्दै जिल्लाका देवचुली, गैँडाकोट र कावासोती नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिका आफैँले समेत खोप खरिद गरेर गाईभैँसीलाई लगाएका छन् ।
जिल्लामा लम्पीस्किन रोगबाट पाँच सय २१ पशुचौपाया मरेका छन् भने छ हजार नौ सय ५२ गाईभैँसी यस रोगबाट सङ्क्रमित भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरको तथ्याङ्कमा देखिएको छ ।
यस रोगको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि कार्यालयले जिल्लामा हुने गाईभैँसीको आयात–निर्यातलाई नियमन तथा दर्तावाल पशु चिकित्सकले स्वास्थ्य परीक्षण प्रमाणीकरण गरेका पशुको मात्र आयात निर्यातको अनुमति कार्यालयले दिने गरेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण