राष्ट्रपतिबाट कैद मिनाहा पाएका युवकले गरे ‘प्रेमिका’को हत्या
काठमाडौं । राष्ट्रपतिबाट ३ महिना कैद छुट पाएर छुटेका पश्चिम रुकुमका एकजना युवक पुन: हत्या आरोपमा पक्राउ परेका छन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ घर भएका लोकबहादुर बिक उर्फ लोकेन्द्रलाई हत्या आरोपमा पक्राउ गरिएको रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले रातोपाटीलाई बताए ।
लोकन्द्रले मुसीकोट–७ साँखक घर भएकी २७ वर्षीया भावना विकको हत्या गरेका हुन् । संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएका उनले भावनाको हत्या गरेको स्विकार गरेका छन् । असोज ३० मा मुसिकोट नगरपालिका–१ त्रिवेणीचोकको सत्कार होटलमा भावनाको शव फेला परेको थियो । अनुसन्धान गर्दै जाँदा लोकबहादुरले हत्या गरेको खुलेको डिएसपी भट्टराईले जानकारी दिए ।
३३ वर्षीय लोकेन्द्र र भावना प्रेम सम्बन्धमा थिए । भावनाले आफूलाई विवाह गर्न ‘दवाव’ दिएपछि हत्या गरेको लोकेन्द्रले प्रहरीलाई बताएका छन् । त्रिवेणी चोकमा रहेको सत्कार होटलमा उनीहरु असाेज २८ मा पुगेका हुन् । दुईदिन पछि विहानको खाना नखाएर लोकेन्द्र हिँड्न खोजेपछि भावनाले उनलाई तानेकी थिइन् । ‘विवाह गर्नुपर्छ’ भनेर दवाव दिएपछि शुरुमा आफुले छातिमा प्रहार गरेको र त्यसपछि होटलको कोठामा भेटिएको चक्कुले घाँटीमा काटेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।
हत्यामा नयाँ चक्कु प्रयोग भएको भेटिएको डिएसपी भट्टराईले बताए । उनी भन्छन्–‘हत्या योजनाबद्ध देखिन्छ ।’ लोकेन्द्र खलंगा स्थित आफ्नै डेराबाट पक्राउ परेका हुन् । हत्यापछि उनी त्यहाँबाट भागेका थिए । कोठामा बाहिरबारट ढोका बन्द भएको देखेर शंका लागेपछि होटल संचालकले प्रहरीलाई खबर गरेका हुन् ।
भावना म्यादी प्रहरीमा भर्ना भएर लोकेन्द्रको घर नजिकैको बुथमा खटिएकी थिइन् । त्यतिवेला उनिहरुको बिचनमा चिनजान भयो । पछिलो समय उनीहरुबिच आर्थिक लेनदेन र विवाहेत्तर सम्बन्ध रहेको थाहा भएको छ । भावनाका श्रीमान वैदेशिक रोजगारीमा छन् ।
लोकबहादुरलाई बहुविवाह मुद्दामा रुकुम पश्चिम जिल्ला अदालतले ११ महिना कैद सजाय हुने फैसला गरेको थियो । तर, ६ महिना कैदमा बसेपछि असोज ३ मा मन्त्रिपरिषद्ले उनको चालचलन ‘असल’ भएको भन्दै कैद छुट दिन सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेले सदर गरेपछि उनी छुटेका हुन् ।
बहुविवाहमा एकपटक मुद्दा झेलेर निस्केको हुनाले भावनासँग विवाह गर्दा समस्या पर्ने देखिएपछि हत्या गरेको लोबहादुरले बयान दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जको क्यासिनोमा नेपालीलाई पूर्ण रोक लगाउन सांसद पन्तको माग
-
बालोगुनमाथिको प्रतिबन्ध स्थगित गर्ने फिफाको निर्णयप्रति युईएफएको कडा आपत्ति
-
तस्बिरमा हेर्नुहोस् एनपीएल अक्सन
-
माउन्ट एल्ब्रसको शिखरमा नेपाली स्पेशालिटी कफी, दाबुटी शेर्पाले गरिन् विश्वसामु प्रवर्द्धन
-
आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने मन्त्री वादीको घोषणा
-
प्रतिशतमा घटे पनि शिक्षा र खेलकुदको बजेट गत वर्षभन्दा ७ अर्ब बढी : मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण