श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार, जनरल वार्डमा सारियो
चीन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । चीन भ्रमणको क्रममा हृदयाघात भएका श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अहिले आइसीयूबाट जनरल वार्डमा सारिएको हो ।
चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले रातोपाटीसँग भने, ‘मन्त्रीज्यूको स्वास्थ्यमा सुधार भएको छ । तर कति दिन अस्पतालमा बस्नुपर्ने हो, डाक्टरले केही भनेका छैनन् ।’
राजधानी बेइजिङमा भएको तेस्रो बेल्ट एण्ड रोड इनिसियटिभको सम्मेलनमा सहभागी हुन आएका श्रेष्ठको बुधबार राति ह्दयघात भएपछि उनलाई इन्टरनेशल मेडिकल साइन्सेस अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा श्रेष्ठको शल्यक्रिया सफल भएको जनाएको थियो । अचानक बिरामी परेपछि बिहीबारको भेटघाट सबै स्थगित गरिएको थियो । राजदूत श्रेष्ठले भने, नियमित कार्यक्रम अनुसार मन्त्री श्रेष्ठको शुक्रबार नेपाल फर्कने तालिका थियो ।
अब चिकित्सकको सल्लाहअनुसार नै उनको नेपाल फर्कने तालिका तय हुने दूतावासले जनाएको छ । मन्त्री श्रेष्ठसँगै आएका सरकारी टोली भने शुक्रबार नै नेपाल फर्किने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय डलर नजिक पुग्यो कच्चा तेलको भाउ
-
आयात र निर्यातमा यी हुन् उत्कृष्ट भन्सार कार्यालय, ११ नाकाबाट निर्यात शून्य
-
एआईको शरीर
-
एकैदिन ४४.४ अर्ब डलरले घट्यो एलन मस्कको सम्पत्ति
-
दोलखामा पहिरोमा परेका एक जना पुरुष ३ दिनदेखि बेपत्ता
-
एक वर्षमा चार खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात, डिजेलमा सबैभन्दा धेरै रकम बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण