प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या
दाङको । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भए पनि उक्त अस्पताल २०७२ सालदेखि एम्बुलेन्सविहीन भएको हो । एम्बुलेन्स नभएपछि बिरामीलाई अन्य अस्पतालमा पठाउँदा तथा टाढाटाढाबाट बिरामी ल्याउन निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ ।
निजी एम्बुलेन्सले महँगो शुल्क तिर्नुपर्ने सेवाग्राहीको बाध्यता छ । अर्कोतर्फ आफूलाई आवश्यक परेको समयमा एम्बुलेन्स पाउन पनि समस्या हुने गरेको सेवाग्राही टेकराज भण्डारीले बताए ।
अस्पतालको रा१झ ११३ नं को एम्बुलेन्स बिग्रिएपछि अहिले निजी एम्बुलेन्समा सिफारिस गर्ने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ड डा पदमराज अधिकारीले बताए । पटक–पटक बिग्रिने र बनाउँदा पाँच/सात लाख खर्च हुने भएकाले पनि उक्त एम्बुलेन्सलाई थन्काएर राख्नु परेको उनको भनाइ छ ।
“पटक–पटक बिग्रिरहन्छ, एम्बुलेन्सको मूल्यभन्दा बढी मर्मतमै खर्च हुने देखियो”, उनले भने, “त्यसैले पनि हामीले अहिले यसलाई थन्काएर राख्नुपर्ने अवस्था आएको छ ।”
यसलाई अवधि पुगेमा लिलामी गर्नेतर्फ आफूहरुले ध्यान दिएको अस्प्तालका स्टोर प्रमुख रेश्मीराज अधिकारीले बताए ।
यसलाई अवधि पुगेमा लिलामी गर्नेतर्फ आफूहरुले ध्यान दिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बताए। सुपरिटेन्डेन्ड डा अधिकारीका अनुसार सबै ठाउँबाट एम्बुलेन्सको विवरण माग गरेको छ भने विवरण आएमा चल्न सक्नेलाई मर्मत गरेर सञ्चालन गर्ने र नचल्नेलाई लिलामी गर्नतर्फ प्रदेश सरकार अघि बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण