पाल्पामा फेरि दुर्घटनामा, ५ जना घाइते
सोमबार, ०६ कात्तिक २०८०, ०८ : १९
बुटवल । पाल्पाको रम्भा–४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सोमबार बिहान ५ बजेतिर आर्यभाङ्ज्याङ्रा–मपुर सडक खण्ड हुँदै वीर कोट जाँदै गरेको लु १ ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।
दुर्घटनामा परी रम्भा–४, रमाईडाँडा बस्ने वर्ष २३ का कृष्ण सारू, सोही स्थानका २७ वर्षका नरेन्द्र दर्लामी, २२ वर्षका दिलबहादुर कवरमगर, १९ वर्षका मोहनसिंह दर्लामी र १८ वर्षका सुरेश सारू गम्भीर घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाको अवस्था सामान्य रहेको छ।
उनीहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि पाल्पामा हिजो साँझ भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण