राजदेवी मन्दिरमा १५ हजारभन्दा बढी बोकाको बलि
सोमबार, ०६ कात्तिक २०८०, ०९ : ३१
जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १५ हजार २ सय ५१ बोकाको बली प्रदान गरिएको छ । अष्टमीको राति ८ बजेर २० मिनेटमा सुरु भएको बोका बलि कार्यक्रम सोमबार बिहान ४ बजे ५ मिनेट सम्म चलेको थियो ।
अष्टमीको साँझ राजदेवीमा बोका बलि दिने परम्परा छ । स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवा कमिटीले बोका बलिको व्यवस्थापन गरेका थिए ।
बलि दिन युवा कमिटीहरूले संयुक्त रूपमा उल्लेखनीय सङ्ख्यामा स्वयंसेवक परिचालन गरेका थिए । जनकपुरधाम गुठी संस्थानले बलि प्रदानका लागि प्रतिबोका २ सय रुपैयाँका दरले लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण