आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
अमेरिकामा नेपालीहरूले यसरी मनाए बडा दसैँ (तस्बिरहरू)

अमेरिकामा नेपालीहरूले यसरी मनाए बडा दसैँ (तस्बिरहरू)

बुधबार, ०८ कात्तिक २०८०

डिसी महानगर । अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरूले मान्यजनहरूबाट टीका ग्रहण तथा आशीर्वाद लिई बडा दसैँ मनाएका छन् ।

नेपालमा ११ बजेर ०२ मिनेटको समय टीकाका लागि शुभ साइत भएकाले अमेरिकामा त्यही शुभ साइतमा अधिकांशले टीका लगाएका छन् । तर केही नेपाली समुदायले गत सोमबार अर्थात् तिथि अनुसार टीका लगाए ।

यस वर्षको विजया दशमी मंगलबार परेका कारण अमेरिकामा धेरैजसो नेपालीले बिदाको अभावमा आफ्नो नियमित काम सकेर साँझपख फर्किएर दसैँ मनाएका छन् । अमेरिकामा नेपाली संघ संस्था तथा विभिन्न मन्दिरले समुदायका लागि जमराको व्यवस्था गरिदिएका कारण नेपाली समुदायलाई सजिलो बनाइदिएको थियो । कतिपयले भने आफ्नै घरमा जमरा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया