एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
सारांश
- एमालेका ६ मन्त्रीले राजीनामा दिएपछि बागमती प्रदेश सरकार अल्पमतमा परेको छ ।
- मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारले आगामी ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
- सरकारलाई निरन्तरता दिन मुख्यमन्त्री बानियाँले ५३ सांसदको समर्थन जुटाउनुपर्ने चुनौती छ ।
मकवानपुर । बागमती प्रदेश सरकार अल्पमतमा परेको छ । सत्ता साझेदार दल एमालेले आफ्ना मन्त्रीलाई सामूहिक राजीनामा गराएर समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको हो।
बुधबार सरकारमा सहभागी एमालेका ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएर समर्थन फिर्ता लिएका थिए ।
सोसँगै मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ । एमालेका मन्त्रीहरूले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई भेटेर एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा पत्र दर्ता गराएका थिए ।
मुख्यमन्त्री बानियाँले एमालेका मन्त्रीहरूलाई भेट नदिएपछि उनीहरुले मुख्यमन्त्री सचिवालयमा राजीनामा पत्र दर्ता गराएका छन् भने प्रमुख सचिव बाबुराम अधिकारी समक्ष राजीनामा पत्र पेस गरेका छन् ।
एमालेबाट उद्योग पर्यटन श्रम तथा रोजगार मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, विना विभागीय मन्त्री किरण थापा, विना विभागीय मन्त्री भरतबहादुर केसी, विना विभागीय मन्त्री जयराम थापाले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएका हुन् ।
एमालेका मन्त्रीको राजीनामा र सरकारको समर्थन फिर्ता लिएसँगै बागमतीको राजनीतिले नयाँ मोड लिएको छ । बागमतीको सत्ता राजनीतिले नयाँ मोड लिनुको साथै मुख्यमन्त्री बानियाँलाई सरकार टिकाउनु पर्ने चुनौती तर्फ धकेलेको छ।
प्रदेश तहमा बाम गठबन्धन (एमाले र नेकपा)बिच नयाँ सत्ता समीकरण अगाडि बढाउने चर्चाका बिच मुख्यमन्त्री बानियाँले आगामी ३० दिन भित्र संसद्बाट विश्वासको मत लिएर अघि बढ्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । मुख्यमन्त्री बानियाँले सरकारको निरन्तरताका लागि नयाँ गठबन्धन सहित ५३ सांसदको समर्थन जुटाउनु पर्ने बाध्यता देखिएको छ।
मुख्यमन्त्री बानियाँले एमाले कांग्रेस गठबन्धनबाट गत साउन २० बाट सरकारको नेतृत्व गर्दै आएका छन् भने एमाले काग्रेस गठबन्धनबाट कांग्रेसले २ पटक सरकारको नेतृत्व पाइसकेको छ । गत २०८१ साउन ९ बाट एमालेको समर्थनमा कांग्रेकिा बहादुर सिंह लामा मुख्यमन्त्री बनेका थिए भने २०८२ साउन २० सम्म उनले शासन सत्ताको नेतृत्व गरे । बजेट माथिको तिव्र विरोधलाई अवसरमार परिणत गर्दै बानियाँले तत्कालिन मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाएका थिए ।
यता नयाँ गठबन्धनका लागि चर्चा गरिएको एमाले र नेकपालाई पनि सरकार गठन निकै चुनौतीपूर्ण हुने निश्चित छ । बाम गठबन्धनलाई सरकार बनाउन ५३ सांसदको समर्थन आवश्यक रहेको र सोही अनुसार दलहरूलाई मिलाउन पर्ने हुन्छ।
हाल ११० सदस्यीय बागमती प्रदेश सभामा ६ पद रिक्त रहेकाले १०४ सदस्य कायम छन् । सरकार गठन वा सरकारको निरन्तरको लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ।
प्रदेशसभामा कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टी (हानेपा)का २ सांसद छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण