बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन

बुधबार, ०६ साउन २०८३, १३ : ३३
बुधबार, ०६ साउन २०८३

सारांश

  • जापानको टोकियोमा नेपाली कला, संस्कृति र खानाको प्रवर्द्धन गर्न 'चाँदनी रेस्टुरेन्ट एन्ड रोधी घर' सञ्चालनमा आएको छ।
  • नेपाली युवाहरूको सक्रियतामा करिब ३ करोड येन लगानीमा स्थापना भएको यस रोधी घरको व्यवस्थापनमा प्रकाश श्रेष्ठ र मोती गुरुङलगायत रहेका छन्।
  • जापानमा बसोबास गर्ने नेपालीलाई गाउँघरको स्वाद, सांस्कृतिक वातावरण र मनोरञ्जन एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले रोधी घर सञ्चालनमा ल्याइएको हो।

काठमाडौँ । जापानको टोकियोस्थित शिन्जुकु–ओकुबो क्षेत्रमा नेपाली कला, संस्कृति र खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘चाँदनी रेस्टुरेन्ट एन्ड रोधी घर’ सञ्चालनमा आएको छ।

करिब ३ करोड येन लगानीमा स्थापना गरिएको रोधी घर नेपाली युवाहरूको सक्रियतामा सञ्चालनमा आएको हो। यसको व्यवस्थापनमा प्रकाश श्रेष्ठ र मोती गुरुङलगायत रहेका छन्।

सञ्चालकमध्येका एक प्रकाश श्रेष्ठका अनुसार जापानमा बसोबास गर्ने नेपालीलाई आफ्नै गाउँघरको स्वाद, सांस्कृतिक वातावरण र मनोरञ्जन एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले रोधी घर सञ्चालनमा ल्याइएको हो। नेपाली परिकार, आत्मीय आतिथ्य र नियमित सांगीतिक कार्यक्रममार्फत प्रवासमा नेपालीपनको अनुभूति दिलाउने लक्ष्य रहेको उनले बताए।

रोधी घरको उद्घाटन जुलाई १९ देखि २६ तारिखसम्म सप्ताहव्यापी कार्यक्रमका साथ मनाइँदै छ। यस अवधिमा हरेक दिन साँझ ४ बजेदेखि विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति आयोजना गरिएको छ।

उद्घाटन कार्यक्रममा लोकदोहोरी गायिका काजल गुरुङ तथा गायक सूर्य खड्का, सविन गुरुङलगायत कलाकारले प्रत्यक्ष प्रस्तुति दिइरहेका छन्। 

आयोजकका अनुसार यस्ता कार्यक्रमले जापानस्थित नेपाली समुदायलाई मनोरञ्जनसँगै नेपाली संस्कृति जोगाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप