शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कलाकार घिमिरेलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी

शुक्रबार, १० कात्तिक २०८०, १३ : २०
शुक्रबार, १० कात्तिक २०८०

पोखरा । शुक्रबार बिहान घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएका कलाकार प्रकाश घिमिरेलाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ । उनको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । 

उनी अहिलेसम्म अचेत छन् ।अवस्था असामान्य रहेकोले काठमाडौंमा उपचारका लागि पठाउन लागिएको हो । कलाकार तथा उनका शुभिन्तकहरु मणिपाल पुगेका छन् । चिकित्सकहरुले उनको अवस्था स्थिर रहको जनाएका छन् । घिमिरेको आइसियूमा राखेर उपचार गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप