शनिबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आज शनिबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १ हजार र चाँदीको १५ रुपैयाँले बढेको हो । तोलामा १ हजार रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ कायम छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रुपैयाँ कायम छ । हिजो शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ४५० रुपैयाँ कायम थियो ।
दसैँ बिदायता पहिलोपटक खुलेको सुनचाँदीको बजारमा हिजो ५०० रुपैयाँले बढेको थियो । अन्तिम पटक नेपाली बजारमा कात्तिक ३ गते सुनचाँदीको कारोबार भएको थियो । त्यसयता हिजो कात्तिक १० गते बजार खुलेको हो ।
यस्तै, आज चाँदीको मूल्यमा प्रतितोला १५ रुपैयाँले वृद्धि आएको छ । महासङ्घका अनुसार हिजो चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय : सभापति देउवा
-
लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रूपमा परिचित गराउन जरुरी छ : राष्ट्रिय सभा अध्यक्ष
-
बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार : सभामुख घिमिरे
-
गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने : उपराष्ट्रपति
-
औद्योगिक, जोखिमपूर्ण फोहरलाई उत्पादनकर्ताले नै व्यवस्थापन गर्नुपर्ने
-
भारत-पाकिस्तानबीच आज खास वार्ता