शनिबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । आज शनिबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १ हजार र चाँदीको १५ रुपैयाँले बढेको हो । तोलामा १ हजार रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ कायम छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रुपैयाँ कायम छ । हिजो शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ४५० रुपैयाँ कायम थियो ।
दसैँ बिदायता पहिलोपटक खुलेको सुनचाँदीको बजारमा हिजो ५०० रुपैयाँले बढेको थियो । अन्तिम पटक नेपाली बजारमा कात्तिक ३ गते सुनचाँदीको कारोबार भएको थियो । त्यसयता हिजो कात्तिक १० गते बजार खुलेको हो ।
यस्तै, आज चाँदीको मूल्यमा प्रतितोला १५ रुपैयाँले वृद्धि आएको छ । महासङ्घका अनुसार हिजो चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण