एमालेका लागि सरकार प्राथमिकता होइन : महासचिव पोखरेल
शनिबार, ११ कात्तिक २०८०, १३ : १२
तुलसीपुर। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोशीमा कांग्रेसका आठ सांसदले एमालेको सहयोग माग गरेपछि आफूहरुले समर्थन गरेको जानकारी दिए ।
उनले आधारभूत विश्वव्यापी मान्यताअनुरुप नै शान्तिप्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्ने बताए । महासचिव पोख्रेलले घोराही–तुलसीपुर चार ‘लेन’ निर्माणको ठेक्का लगाउने कुरा चलेको जनाउँदै पुनः एक्जिम बैङ्कको लगानीमा सुरु भए अवस्था सुधार नहुने बताए ।
“फेरि पनि एक्जिम बैङ्कले चारलेन बनाउने कुरा आएको छ, नेपाल सरकारले त्यसमा बजेट छुट्याउन सकेको छैन”, उनले भने, “एक्जिम बैंकले नै बजेट दिएर चारलेन बनाउँदा पुनः त्यस्तै हालत हुन्छ, सुधार हुँदैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्विनोनेसको गोलमा आयोजक मेक्सिकोलाई सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ सुरु: उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
-
उद्घाटन खेलका लागि मेक्सिको र दक्षिण अफ्रिका मैदानमा, घन्कियो राष्ट्रिय गान
-
कस्ताे छ मेक्सिको सिटीकाे माैसम ?
-
एउटा ब्याच नम्बरबाहेक अन्य उत्पादन सुरक्षित रहेको यशोदा फुड्सको स्पष्टोक्ति
-
तस्बिरमा फिफा विश्वकप २०२६ को उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण