गुटेरेसको सुरक्षाका लागि बेसक्याम्प पुग्यो सुरक्षा निकाय, कोसेली तयार गर्दै स्थानीय
पोखरा । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस जलवायु परिवर्तनको असरबारे बुझ्न र प्रत्यक्ष सम्वाद गर्न अन्नपूर्ण आधार शिविर जाँदै छन् । सोमबार पोखरा बास बस्ने उनी मंगलबार बिहान हेलिकोप्टरबाट बेसक्याम्प जानेछन् । उनको सुरक्षा र पूर्व रेकी गर्न सुरक्षा निकाय बेसक्याम्प पुगिसकेको छ ।
स्थानीयले गुटेरेसको स्वागतको भव्य तयारी गरेका छन् । जनप्रतिनिधि लगायत अगुवाहरूको टोली सोमबार दिउँसोसम्म एविसी पुग्ने तयारीमा छन् । केही हिँडिसकेका छन् भने केही जाने तर्खरमा छन् । एविसीमा सबै व्यवस्थापनको जिम्मा छोम्रोङ पर्यटन व्यवसायी समितिलाई दिइएको छ ।
‘व्यवस्थापन गर्नु भनेर औपचारिक जानकारी आएको छ । हामी तयारी गरिरहेका छौँ,’ सचिव दिलीप गुरुङले भने । बेसक्याम्पमा आर्मी र प्रहरीको टोली केही दिनअघि देखि नै पुगिसकेका उनले बताए । ‘सुरक्षा चुस्त बनाइएको छ । अन्तर्राष्ट्रिय भिआइपी आउँदा हामीहरू पनि खुसी छौँ,’ उनले भने, ‘उहाँको स्वागतमा कुनै कमी हुन दिँदैनौँ ।’
गुटेरेस केही समय बेसक्याम्पमा रहनेछन् । स्थानीयसँग भलाकुसारी गर्ने कार्यक्रम छ । उनलाई अन्नपूर्ण बेसक्याम्पको फोटो फ्रेममा हालेर कोसेली स्वरूप दिन लागिएको गुरुङले बताए । ‘हामीसँग अरू त के छ र ? यही फोटो पठाउन पाए उहाँले सधैँ सम्झिरहनुहुनेछ भन्ने विश्वास छ,’ गुरुङले भने, ‘अन्नपूर्ण बेसक्याम्पको सबैभन्दा राम्रो मौसमको फोटो धुलाएर फ्रेममा हालेर दिन्छौँ ।’ गुटेरेसलाई स्थानीय खादा र मालाले स्वागत गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण