कमल हासनकाे ‘इन्डियन २’ नयाँ वर्षमा रिलिज हुने
मुम्बई । साउथ सुपरस्टार कमल हासन पछिल्लो समय फिल्म ‘इन्डियन २’ को कारण चर्चामा छन् । करिब २५० करोड बजेटमा निर्माण भएको फिल्ममा हासन भ्रष्टाचारको विरुद्ध लड्ने अफिसरको रुपमा देखिँदैछन् । निर्माण युनिटले फिल्म आगामी नयाँ वर्षमा रिलिज गर्ने बताएको छ ।
फिल्मको एक पोष्टर आइतबार सार्वजनिक गरिएको छ । फिल्मको इन्ट्रो भने केही समयपछि सार्वजनिक हुनेछ । फिल्म ‘इन्डियन’ को सिक्वेलको रुपमा निर्माण भएको हो । १९९६ मा रिलिज ‘इन्डियन’ हासनको हिट फिल्म हो । फिल्मको निर्देशन शंकरले गरेका थिए । दोस्रो पाटको पनि लेखन निर्देशन शंकरले गरेका छन् ।
फिल्ममा हासनको अपोजित भूमिकामा काजल अग्रवाल देखिनेछिन् । रकुलप्रित सिंह, सिद्धार्थ र बोबी सिम्हाको पनि फिल्ममा मुख्य भूमिका छ । ‘इन्डियन २’ निर्माण घोषणा २०१७ मा भएको थियो । फिल्मका निर्माता एएम रत्नम् हुन् । फिल्मको छायांकन २०१९ जनवरीमा सुरु भएको थियो । फिल्म चेन्नई, भोपाल र ग्वालियरमा छायांकन भएको हो । केही दृश्यको छायांकन जोहान्सबर्ग र ताइवानमा समेत भएको छ ।
२०२० मा यो फिल्म सुटिङ सेटमा एक एक्सिडेटस भएको थियो । जसका कारण टिमका ३ व्यक्तिले ज्यान गुमाएका थिए । वितरक, कोरोना लगायत बिभिन्न कारणले फिल्मको रिलिज रोकिँदै आएको थियो । अब भने निर्माण युनिटले फिल्म नयाँ वर्षको सुरुवातमा रिलिज गर्ने योजना बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण