सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान र रोनाल्डो एउटै फ्रेममा

आइतबार, १२ कात्तिक २०८०, १७ : ३८
आइतबार, १२ कात्तिक २०८०

रियाद । बलिउड अभिनेता सलमान खानको एउटा भिडियो भाइरल भएको छ । यो भिडियोमा यिनी चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डो र उनकी पार्टनर जर्जिना रोड्रिगेजको साथमा बसेर बक्सिङ म्याच हेरिरहेको देखिन्छन् ।
 सलमान हालै साउदी अरबको राजधानी रियाद गएका थिए । यहाँ उनले टाईसन फ्युरी र फ्रान्सिस नगनोबीचको बक्सिङ म्याच हेरे । यही बेलाको उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा सलमान भीभीआईपी सिटमा बसेर म्याच हेरिरहेका छन् । उनीसँगैको सिटमा रोनाल्डो र जर्जिना छन् । यसलाई सलमानका फ्यानहरूले ‘ग्रेटेष्ट क्रसओभर अफ अल टाइम’ भनिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप