माछापुच्छ्रे क्यापिटल लिमिटेडको चौथो साधारण सभा सम्पन्न
काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभा सोमबार राजधानीमा सम्पन्न भउको छ । सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्व तथा मुख्य कम्पनी माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाको आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।
साधारण सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.ब. २०७९र८० को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तिय विवरणहरु, आ.व. २०८०र८१ का लागि लेखापरिक्षकको नियुक्ती लगायतका प्रस्तावहरु पारित भएका छन् ।
साधारणसभामा अध्यक्ष न्यौपानेले कम्पनीले मुख्यगरी धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवा प्रवाह गर्दै आएकोमा हाल सामुहिक लगानीकोष अन्तर्गत कोष व्यवस्थापक तथा डिपोजिटरीको लाइसन्सको प्रक्रिया अन्तिम चरणमा पुगेको र कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धक लगायतका थप सेवाको लागि प्रक्रियार्थ रहेको बताए ।
कम्पनीले आगामी दिनमा पुँजी बजारको विकासमा अझ बढि टेवा पुग्ने गरी कार्य गर्ने उनले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण