सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीले भन्यो–नियम उल्लंघनको क्रममा भौतिक रुपमै लाइसेन्स चाहिन्छ

सोमबार, १३ कात्तिक २०८०, १८ : १२
सोमबार, १३ कात्तिक २०८०

काठमाडौँ । ट्राफिक प्रहरीले नियम उल्लंघ भयो भने लाइसेन्स नै चाहिने बताएको छ । 

सवारी चालकले नागरिक एपमा आफ्नो लाइसेन्स विवरण राख्नुपर्ने भएपछि ट्राफिक प्रहरीले नियम उल्लंघ भएमा लाइसेन्स नै चाहिने बताएको हो ।  

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्र प्रसाद भट्टले सवारी चालक लाइसेन्स प्राप्त हो वा होइन भनेर जानकारी लिन मात्रै नागरिक एपमा हुने डीजीटल लाइसेन्स सुविधा दिइएको बताएका थिए ।

यसबारे बोल्दै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन र कारबाही प्रक्रियाको क्रममा भौतिक रुपमा सक्कलै सवारी चालक अनुमति पत्र आवश्यक पर्ने बताएको हो । 

ट्राफिक प्रहरीले भनेको छ,'हाललाई कुनै चालकले नागरिक एपमा लिंक रहेको सवारी चालक अनुमति पत्र देखाउँदा उक्त चालक लाइसेन्स प्राप्त गरेको व्यक्ति हो होइन भन्ने कुराको जानकारीको लागि मात्र मान्य हुने । तर ट्राफिक नियम उल्लंघन र कारबाही प्रक्रियाको क्रममा भौतिक रुपमा सक्कलै सवारी चालक अनुमति पत्र आवश्यक पर्ने ब्यहोरा जानकारी गराइन्छ ।'  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप