मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

अझै दुई महिना डेंगु संक्रमणको जोखिम कायमै

मङ्गलबार, १४ कात्तिक २०८०, ०६ : ५३
मङ्गलबार, १४ कात्तिक २०८०

काठमाडौँ । डेंगु संक्रमितको संख्य ाक्रमशः घट्दै गएपनि यस समयमा संक्रमित बढ्न सक्ने सरुवा विशेषज्ञहरूको भनाई छ । अघिल्लो वर्षका डेंगु संक्रमितको तथ्याङ्कलाई केलाउँदा पनि असोज, कात्तिक महिनामा संक्रमितको संख्या बढेको देखिन्छ ।

२०२२ को सेप्टेम्बरमा २७ हजार ५२९ र अक्टोवर १७ हजार ८८९ संक्रमित भएका थिए । यस वर्ष अर्थात् २०२३ मा सेप्टेम्बरमा  ११ हजार ५८० संक्रमित भएका थिए भने अक्टोवर(असोज दोस्रो सातादेखि कार्तिक दोस्रो साता) मा ९ हजार १ जना संक्रमित भइसकेका छन् ।

यस्तै, गएको पुस अर्थात् जनवरीदेखि हालसम्म सबैभन्दा बढी अगष्टमा १३ हजार ८४६ जना संक्रमित भएको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

सरुवारोग विषेशज्ञ डा शेरबहादुर पुनले काठमाडौं उपत्यकालगायत अन्य स्थानमा संक्रमितका दर बढेको पाइएकोले अझै संक्रमण बढ्न सक्ने बताउँछन् । उनले भने, ‘दसैं सकियो, अबतिहारको यस बिचमा मानिसहरूले ध्यान नदिए संक्रमित संख्या बढ्दै जानेछ । किनकि विगतमा असोज, कात्तिकमा काठमाडौंमा डेंगु संक्रमितको संख्या बढ्ने गरेको तथ्य छ ।’  

धरानमा तीव्र गतिमा डेंगु फैलिएर क्रमशः कम हुँदा संक्रमणबारे चर्चा कम भएपनि जोखिम कायम रहेको उनले बताए । जनवरीयता १० महिनाको अवधिमा सबैभन्दा धेरै संक्रमण अगष्ट महिनामा संक्रमण बढेको महाशाखाको तथ्याङ्कले देखाउँछ ।

जनवरी अर्थात् जाडो महिना पुसमा समेत १३० जना संक्रमित भएका थिए । त्यसपछि क्रमशः संक्रमित संख्या बढ्दै गएको छ । फेब्रुअरीमा १२८, मार्च २०३, अप्रिल  १५८, मे १ हजार २,जुनमा ६ हजार ६९ संक्रमित भएका थिए ।

त्यस्तै, अगष्टमा १३ हजार ३४६ संक्रमित भएका थिएभने सेप्टेम्बरमा ११ हजार ५८० तथा अक्टोबरमा ९ हजार १ जना संक्रमित भएका छन् ।

कहिलेसम्म जोखिम ?
गएको पुस महिनामा समेत सय भन्दा धेरै जनामा डेंगु संक्रमण केस पुष्टि भएको थियो ।अझैमंसिर पुस महिनासम्म संक्रमणको जोखिमकायम रहने भएकाले सावधानीअपनाउन सरुवारोग विशेषज्ञ डा.पुनको भनाइ छ । 

‘अघिल्लो वर्ष जस्तो आकस्मिक कक्षमा आउने, भर्ना हुने र ओपिडीमा आउने बिरामीको चाप नभए पनि अघिल्लो महिनाको तुलनामा डेंगुका बिरामी अस्पताल आइरहेकाले सचेत हुन् जरुरी छ,’उनी भन्छन् ।

उता सिभिल अस्पतालका निर्देशक डा.विधाननिधि पौडेल दसैँपछि डेंगु संक्रमित बिरामीको भर्ना दर बढेको सुनाउँछन् । शनिबार तथा आइतबार मात्रै उक्त अस्पतालको ओपीडीमा डेंगु संक्रमणको लक्षण देखिएर परीक्षणका लागि ५० जनाबिरामी आएको उनले बताए । 

अस्पतालमा डेंगुका बिरामीको दर हेर्दा काठमाडौंमा अघिल्ला महिनामाभन्दा यस समयमा बिरामी बढेकाले सचेत हुनउनले आग्रह गरे । 

बाग्मतीमा संक्रमणको अवस्था
काठमाडौं जिल्लामा मात्रै डेंगुबाट करिब एक हजार जना संक्रमित भएका छन् । गएको पुस महिनायता काठमाडौंमा ९९१ जना संक्रमित भएको ईडीसीडीको आकडाले देखाएको छ ।

यस्तै,बाग्मती प्रदेशमा ५ हजार बढी संक्रमित भएका छन् । गएको पुस महिनायता ५ हजार ३२१ संक्रमित भएका छन् । यसमा सबैभन्दा धेरै संक्रमण धादिङमा ३०४ केस पुष्टि भएको छ । 

बाग्मतीमा जनवरीमा २ जना संक्रमित भएका थिए भने फेव्रुअरीमा १ जनामात्रै संक्रमित भएका थिए । क्रमशः मार्च ५,अप्रिल ४१, मे १८, जुन ७८,जुलाई ५१०,अगष्ट  १ हजार ४८७, सेप्टेम्बर ९६५ र अक्टोवरको सोमवार सम्मको तथ्याङ्कमा ८५ जना संक्रमित भएका छन् ।

तनहुँमा संक्रमित बढी
७६ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको छ । संक्रमित १० जिल्लामा सबैभन्दा धेरै संक्रमित संख्या सुनसरीमा १६ हजार १०५पुगेको छ । त्यसपछि पछिल्लो एक महिनायताको तथ्याङ्क हेर्दा तनहुँजिल्लामा संक्रमित संख्या बढेको छ । 

तनहुँमा६ हजार ११६ केस पुष्टि भएको छ । त्यसपछि झापाजिल्लामा ३ हजार६७६ केस पुष्टि भएको छ । धादिङमा २ हजा र१९३ केश पुष्टि भएको छ । 

क्रमशःमोरङ २ हजार २९०, कास्की २ हजार २७०, काठमाडौं ९९१,गोरखा ६६२,कैलाली ६४० र धनकुटामा ६०४  केस पुष्टि भएको  महाशाखाले जनाएको छ । 

कर्णालीमा संक्रमित कम
महाशाखाका अनुसार कोसी प्रदेशमा सबैभन्दा धेरै २४ हजार १४६ जना संक्रमित भएका छन् । त्यसपछि गण्डकी प्रदेशमा ९ हजार ९७०,बाग्मती प्रदेशमा ५ हजार ३२१,सुदूरपश्चिम प्रदेशमा १ हजार ३०२, लुम्बिनी प्रदेशमा७७६,मधेस ६०४ र कर्णाली प्रदेशमा सबैभन्दा कम १५१ जना संक्रमित भएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार डेंगु संक्रमणबाट जोगिन यस्तो सावधानी अपनाउनुपर्छः
–पुरा बाहुलाभएको लुगा लगाउने ।
–झुलभित्रमात्र सुत्ने ।
–घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
–घर, कार्यालय, विद्यालयवा सार्वजनिक क्षेत्रमा पानी जम्ननदिने ।
–खाल्डाखुल्डी पुर्ने र खानेपानीवा ढल चुहिएको छ भने तत्कालमर्मत गर्ने ।
–गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा साताको एक पटक फेर्ने ।
–साँझ, बिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिँदा वापार्कमा जाँदा लामखुट्टेले नटोकुन् भनेर विशेष सावधानी अपनाउने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप