गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र, आन्दोलनको चेतावनी
बुटवल । सिद्धार्थ सञ्जाल, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको व्यवस्था मिलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएको छ । लुम्बिनी आएका प्रधानमन्त्री प्रचण्डलाई आज ज्ञापनपत्र बुझाउँदै सञ्जालले यथाशक्य विमानस्थल नियमित र पूर्ण सञ्चालनका लागि कूटनीतिक पहलकदमी गर्न तथा नेपाल सरकारको स्वामीत्व रहेको नेपाल वायुसेवा निगमको जहाजहरूबाट उडान भर्न अपिल गरेको हो ।
विमानस्थल सञ्चालनमा नआए यहाँका आम नागरिक, उद्योगी व्यवसायी, विभिन्न संघ–संस्था विमानस्थलमा धर्ना दिने, आन्तरिक उडान ठप्प पार्नेसम्मका दबाबमूलक आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ । सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले विमानस्थल सञ्चालनको व्यवस्था मिलाउन र कार्गो सञ्चालन गर्न तथा वैदेशिक यात्राका लागि गरिने सम्पूर्ण विषयगत कार्यालयको स्थापना गर्न सरकारको पूर्ण ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको बताए ।

_tzYDHjfAg9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण