ज्ञानेन्द्र शाहलाई राजा घोषणा गर्न माग गर्दै मोटरसाइकल र्याली
काठमाडौँ । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा घोषणा गर्न दबाब दिने उद्देश्यले मोटरसाइकल र्याली गर्ने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति नेपालले गणतन्त्रको खारेजी र ज्ञानेन्द्रलाई तेस्रोपटक राजा घोषणा गर्नका लागि जनदवाब सिर्जना गर्न कात्तिक १८ गते विशाल मोटरसाइकल र्याली आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
उक्त विशाल मोटरसाइकल र्याली मध्यान्ह साढे १२ बजे विजी महल अगाडिबाट सुरु हुने पनि बताइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले जनताले आफूहरुलाई राजा कहिले आउँछन् भनेर विशेष चासोका साथ सोधिरहेको बताए । राजा, राजसंस्था र हिन्दुराष्ट्रका लागि जनता स्वतस्फूर्त सडकमा आउन आवश्यक रहेको उनले बताए ।
अहिलेका युवाहरु देश बर्वाद भइसक्दापनि बरु झोला बोकेर विदेश जान तयार हुने र दलहरुले देश सिध्याए भनेर गुनासो गरिरहने गरेको बताउँदै उनले उनीहरुलाई राजाको पक्षमा सडकमा आएर योगदान गर्न आह्वान गरे । र्यालीमा राष्ट्रिय झण्डासहित स्वतस्फूर्त सडकमा आउन उनले सबैमाझ आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण