सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्र शाहलाई राजा घोषणा गर्न माग गर्दै मोटरसाइकल र्‍याली

मङ्गलबार, १४ कात्तिक २०८०, १६ : ०२
मङ्गलबार, १४ कात्तिक २०८०

काठमाडौँ । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा घोषणा गर्न दबाब दिने उद्देश्यले मोटरसाइकल र्‍याली गर्ने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति नेपालले गणतन्त्रको खारेजी र ज्ञानेन्द्रलाई तेस्रोपटक राजा घोषणा गर्नका लागि जनदवाब सिर्जना गर्न कात्तिक १८ गते विशाल मोटरसाइकल र्‍याली आयोजना गर्न लागिएको जानकारी गराएको हो । 

उक्त विशाल मोटरसाइकल र्‍याली मध्यान्ह साढे १२ बजे विजी महल अगाडिबाट सुरु हुने पनि बताइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले जनताले आफूहरुलाई राजा कहिले आउँछन् भनेर विशेष चासोका साथ सोधिरहेको बताए । राजा, राजसंस्था र हिन्दुराष्ट्रका लागि जनता स्वतस्फूर्त सडकमा आउन आवश्यक रहेको उनले बताए । 

अहिलेका युवाहरु देश बर्वाद भइसक्दापनि बरु झोला बोकेर विदेश जान तयार हुने र दलहरुले देश सिध्याए भनेर गुनासो गरिरहने गरेको बताउँदै उनले उनीहरुलाई राजाको पक्षमा सडकमा आएर योगदान गर्न आह्वान गरे ।  र्‍यालीमा राष्ट्रिय झण्डासहित स्वतस्फूर्त सडकमा आउन उनले सबैमाझ आह्वान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप