यो वर्षको सर्वाधिक फ्लप फिल्म बन्यो कंगनाको तेजस
मुम्बई । भारतीय अभिनेत्री कंगना रनौतको फिल्म तेजस सन् २०२३ को सर्वाधिक फ्लप फिल्म साबित भएको छ । २७ अक्टोबरमा रिलिज भएको यो फिल्मले चौथो दिनमा जम्ममा ४० लाख रुपैयाँ मात्रै कमायो । ४ दिनमा फिल्मको कलेक्सन ४ करोड १५ लाख रुपैयाँ मात्रै छ ।
घोषणा भएदेखि रिलिज नहुँदासम्म फिल्मले निकै चर्चा बटुलेको थियो । फिल्मबाट दर्शकले धेरै अपेक्षा पनि गरेका थिए । तर न त फिल्मको कहानीले दर्शक तान्न सक्यो न त भीएफएक्सले दर्शकलाई आकर्षित गर्न सक्यो । दर्शकहरूलाई हलसम्म तान्न फिल्म पूर्ण असफल रह्यो । दर्शक पाउनै छाडेपछि फिल्मको आधाभन्दा धेरै शो रद्द गरिएको छ । केही फिल्म विश्लेषकहरूले यसलाई सबैभन्दा खराब फिल्मको ट्याग लगाइदिएका छन् ।
सोमबार हलमा फिल्मको अकुपेन्सी ६ दशमलव ६ प्रतिशत मात्रै थियो । ओपनिङ डेमा १ कोड २५ लाख रुपियाँको कारोबार गरेको फिल्मले त्ययता खासै राम्रो व्यापार गर्न सकेन । फिल्मको लागि सप्ताहन्त महत्त्वपूर्ण मानिन्छ । तर सप्ताहन्तमा समेत फिल्मले दर्शक पाएन ।
यूपीका मुख्य मन्त्री योगी आदित्यनाथले हेरेका थिए फिल्म
हलसम्म दर्शकहरु जान नमानेपछि कंगनाले सामाजिक सञ्जालमार्फत दर्शकहरुलाई फिल्म हेरिदिन अनुरोध गरेकी थिइन् । मंगलबार उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले लखनउको लोकभवन अडिटोरियममा फिल्मको विशेष स्क्रिनिङमा सहभागी भएका थिए । सो समारोहमा कंगना पनि थिइन् । सो स्क्रिनिङको तस्वीर शेयर गर्दै कंगनाले आदित्यनाथलाई धन्यवाद समेत भनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण