ओमानले भिजिट भिसालाई वर्किङ भिसामा परिवर्तन नगर्ने
बुधबार, १५ कात्तिक २०८०, १५ : ०४
काठमाडौं । ओमानले भिजिट भिसा वा पर्यटन भिसालाई अन्य भिसामा परिवर्तन नगर्ने भएको छ । पर्यटन भिसा वा भिजिट भिसामा
आफ्नो देशमा पुगेका विदेशीहरूलाई ओमान वर्किङ भिसामा परिवर्तन नगर्ने निर्णय गरेको हो । विदेशीहरू भिजिट भिसामार्फत ओमान पुगेर वर्किङ भिसामा परिवर्तन गर्दै उतै बस्ने क्रम बढेपछि ओमानले उक्त कार्यमा रोक लगाएको हो ।
ओमानले विशेषगरी बंगलादेशी नागरिकहरूलाई सबै प्रकारका भिसा नदिने निर्णय गरेको हो । मस्टकस्थित नेपाली राजदूतावासले नेपालीहरूलाई समेत सचेत गराएको छ ।
कसैले ओमानमा भिजिट भिसा वा पर्यटन भिसामा ल्याएर रोजगारी दिलाउँछ भनेर प्रलोभवनमा पारेको खण्ड सचेत रहन आग्रह गरेको छ । त्यस्ता खालका गलत आश्वासन दिनेप्रति सचेत रहन दूतावासले आग्रह गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण