विलीले विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने
काठमाडौँ । इंग्ल्याण्डका तीव्र गतिका बलर डेभिड विलीले भारतमा जारी एकदिवसीय विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । इंग्ल्याण्डको क्रिकेट बोर्डले सन् २०२३–२४ सिजनका लागि केन्द्रीय करार नदिने भएपछि ३३ वर्षीय खेलाडीले सन्यास लिने निर्णय गरेका हुन् ।
एकदिवसीय विश्वकपमा खराब प्रदर्शन गरिरहेको इंग्ल्याण्डको टोलीका लागि राम्रो खेलिरहेका विलीले २७.२० को औसतले ५ विकेट लिएका छन् भने ४२ रन समेत बनाएका छन् ।
तर विश्वकपमा समावेश खेलाडीहरूमध्ये केन्द्रीय करार पाउने २६ खेलाडीको सूचीमा नपर्ने उनी एक्लो खेलाडी बनेका थिए । अर्को जुनमा टी–२० विश्वकप आयोजना हुने भएपनि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा हुने निर्णय लिएका हुन् ।
विलीले अब अस्ट्रेलिया नेदरल्याण्ड्स र पाकिस्तानविरुद्धको बाँकी तीन खेलमा आफ्नो ‘सबै कुरा दिने’ बताएका छन् । विलीले व्यावसायिक टी–२० खेलहरू भने खेल्नेछन् । उनलाई आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पुनः टोलीमा समावेश गर्ने सम्भावना रहेको छ ।
सन् २०१५ मा इंग्ल्याण्डका लागि डेब्यू गरेका उनले ७० एकदिवसीयमा टोलीका लागि ९४ विकेट लिएका छन् भने टी–२० मा ४३ खेलमा ५१ विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण