संसदमा राप्रपा : प्रजातन्त्रको पुनःस्थापना र प्रदेश खारेजी गरौँ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपनेता बुद्धिमान तामाङले मुलुकमा अराजकता र अस्थिरताले हद नाघिसकेको दाबी गरेका छन् ।
बिहीवारको प्रतिनिधि सभालाई सम्बोधन गर्दै उउनले मुलुक अन्तर्राष्ट्रियस्तरमा खेलाडीहरुको रणमैदान हुने त होइन ? भन्ने चिन्ता लागेको बताए । उनले सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाधिनतामा आघात पुगिरहेको बताए । उनले राप्रपाले मुलुकमा सबै अटाउने एजेण्डा बोकेको उल्लेख गर्दै पूर्ण धार्मिक स्वतन्त्रसहितको धर्म सापेक्ष पहिचानसहितको हिन्दु राष्ट्र र एकताको प्रतिकको रुपमा राजसंस्था सहितको प्रजातन्त्रको पुनःस्थापना र प्रदेश खारेजी सबैको सल्लाह र सहमति गर्न प्रस्ताव गरे ।
उनले भने, ‘राप्रपाले मुलुकमा सबै अटाउने एजेण्डा बोकेको छ । पूर्ण धार्मिक स्वतन्त्रसहितको धर्म सापेक्ष पहिचानसहितको हिन्दु राष्ट्र र एकताको प्रतिकको रुपमा राजसंस्था सहितको प्रजातन्त्रको पुनःस्थापना र प्रदेश खारेजी सबैको सल्लाह र सहमतिमा गरौँ । यसले कसैको हार हुँदैन । सबैको जित हुन्छ ।’
उपनेता तामाङले सरकार आर्थिक गतिविधि चलायमान बनाउन लागि नपरेको आरोप लगाए । उनले आर्थिक गतिविधि चलायमान बनाउन सरकारले राष्ट्रिय सहमति गर्ने प्रयास नगरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण