आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा राप्रपा : प्रजातन्त्रको पुनःस्थापना र प्रदेश खारेजी गरौँ

बिहीबार, १६ कात्तिक २०८०, १४ : ३०
बिहीबार, १६ कात्तिक २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपनेता बुद्धिमान तामाङले मुलुकमा अराजकता र अस्थिरताले हद नाघिसकेको दाबी गरेका छन् । 

बिहीवारको प्रतिनिधि सभालाई सम्बोधन गर्दै उउनले मुलुक अन्तर्राष्ट्रियस्तरमा खेलाडीहरुको रणमैदान हुने त होइन ? भन्ने चिन्ता लागेको बताए । उनले सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाधिनतामा आघात पुगिरहेको बताए । उनले राप्रपाले मुलुकमा सबै अटाउने एजेण्डा बोकेको उल्लेख गर्दै पूर्ण धार्मिक स्वतन्त्रसहितको धर्म सापेक्ष पहिचानसहितको हिन्दु राष्ट्र र एकताको प्रतिकको रुपमा राजसंस्था सहितको प्रजातन्त्रको पुनःस्थापना र प्रदेश खारेजी सबैको सल्लाह र सहमति गर्न प्रस्ताव गरे । 

उनले भने, ‘राप्रपाले मुलुकमा सबै अटाउने एजेण्डा बोकेको छ । पूर्ण धार्मिक स्वतन्त्रसहितको धर्म सापेक्ष पहिचानसहितको हिन्दु राष्ट्र र एकताको प्रतिकको रुपमा राजसंस्था सहितको प्रजातन्त्रको पुनःस्थापना र प्रदेश खारेजी सबैको सल्लाह र सहमतिमा गरौँ । यसले कसैको हार हुँदैन । सबैको जित हुन्छ ।’

उपनेता तामाङले सरकार आर्थिक गतिविधि चलायमान बनाउन लागि नपरेको आरोप लगाए । उनले आर्थिक गतिविधि चलायमान बनाउन सरकारले राष्ट्रिय सहमति गर्ने प्रयास नगरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप