महालक्ष्मी विकास बैंकद्वारा आर्किड गार्डेनलाई आर्थिक सहयोग
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पिछडिएका बालबालिकाहरुको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने मुख्य उद्देश्यले स्थापित आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग प्रदान गरिएको छ । राउण्ड टेबल नेपालसँग समन्वय गरी सो आर्थिक सहयोग गरिएको हो ।
विगत १७ बर्ष देखि पिछडिएका बालबालिकाहरुलाई दिवा स्याहार तथा शिक्षा प्रदान गरिरहेको बाल विद्यालयको हालको अवस्था अत्यन्त नाजुक रहेकोले विद्यालयको अवस्था सुधार गरी बालबालिकाको पठनपाठनमा सहजता पु¥याउने उद्देश्यले बैंकले रु. ५०,००० को आर्थिक सहयोग गरेको हो । विद्यालय ग्राउन्ड सतह भन्दा करिब ४ फिट तल रहेको, बर्षायाममा कक्षा कोठामा बाढी पस्ने कारणले विद्यालय बन्द गर्नुपर्ने र सरकारी प्राधिकरणबाट विद्यालय सुधारका लागि सूचना समेत आइसकेकोले आर्किड गार्डेन नेपाल परियोजना अन्तर्गत रहि विद्यालय सुधार गर्न लागिएको हो । ६ महिनादेखि ९ वर्षसम्मका १५० जना बालबालिकाहरुलाई दिवा स्याहार सेवा तथा शिक्षा प्रदान गरिरहेको विद्यालयले सुधार पश्चात करिब २०० जना बालबालिकालाई सेवा प्रदान गर्ने सामथ्र्य राख्ने जनाइएको छ ।
आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण