प्रचण्डको प्रश्न : के हामीले पूर्वराजा ज्ञानेन्द्रलाई सडक छाडनुपर्ने हो ?
बुटवल । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वराजा ज्ञानेन्द्र शाहलाई छोड्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् । बिहीबार बुटवलमा माओवादी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले पार्टीहरु सडक जाने भनेको जनतालाई प्रशिक्षित गर्नका लागि भएको बताए ।
माओवादी सरकारमा रहेर पनि सडक कब्जा गर्न लागेको भनेर प्रचार गरिएकोप्रति आपत्ति जनाउदै प्रचण्डले आफूहरू जनतालाई माओवादी र गणतन्त्रको पक्षमा जानकारी दिन सडकमा जान लागेको प्रस्ट पारे । ‘सडक कब्जा गर्ने भनेको जनतालाई प्रशिक्षित गर्न खोजेको हो । अर्को भाषामा भन्ने हो भने सडक कब्जा पनि हो ,के हामीले ज्ञानेन्द्रलाई सडक छाडिदिनु पर्ने हो ?’ प्रचण्डको प्रश्न छ ।
उनले काठमाडौँ नेताहरूबीच सल्लाह गरेर नै वडा र पालिकास्तरका जनतालाई व्यापक परिचालन गरेर संविधान, लोकतन्त्र र माओवादीको रुपन्तारणको पक्षमा सम्झाउने बुझाउने तयारी भएको बताए । आफू प्रधानमन्त्री भएपछि देशमा सुशासन, न्याय र समृद्धिका कामहरु भएको दाबी गर्दै ‘प्रचण्ड चाहिन्छ’ भन्ने पुष्टि भएको दावी उनको छ ।
देशमा अझै धेरै गर्नुपर्ने काम बाँकी रहेकाले त्यसको लागि समाजवादको आधार निर्माण गर्न जरुरी रहेको भन्दै इतिहासमा काम गरेको थिए र ब्याज खान्छु भन्न नमिल्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : स्वास्थ्यमन्त्री घिमिरेलाई प्रवक्ताकाे जिम्मेवारी
-
कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन
-
इप्पानको विधान संशोधन सम्बन्धी विवाद समाधान: जेठ २९ गते अधिवेशन
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण