शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

सिंहदरबार परिसरभित्र फोटो खिच्न र टिकटक बनाउन निषेध

शुक्रबार, १७ कात्तिक २०८०, २३ : ०२
शुक्रबार, १७ कात्तिक २०८०

काठमाडौँ । सिंहदरबार परिसरभित्र अनुमतिबिना फोटो, भिडियो खिच्न र टिकटक बनाउन निषेध गरिएको छ । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणले सिंहदरबारभित्र विभिन्न ठाउँमा सूचना राखेर फोटो खिच्न र टिकटक बनाउन निषेध गरेको हो । 

पछिल्लो समय सिंहदरबार भित्रका बगैँचा तथा भिआइपी कार्यालयको अगाडि गएर फोटो खिच्ने तथा टिकटक बनाउने काम बढेकोले सुरक्षा प्रोटोकलअनुसार बिना अनुमति त्यस्ता काम गर्न रोक लगाइएको सिंहदरबार सुरक्षा गणका प्रमुख डिएसपी सन्तोष तामाङले रातोपाटीलाई जानकारी दिए । अनुमति लिएर मात्र फोटो खिच्न पाइने बताउँदै तामाङले मिडिया तथा सञ्चारकर्मीहरूले समाचार सम्प्रेषण गर्न फोटो भिडियो खिच्न भने रोक नलगाइएको जानकारी दिए । 

singadurbar1

डिएसपी तामाङले भने– ‘भिआइपीहरू ओहोर दोहोर भइरहने देशको मुख्य प्रशासनिक केन्द्र, मन्त्री, प्रधानमन्त्री कार्यालय अगाडि जो पनि आउने फोटो खिच्ने, टिकटक बनाउने गर्छन् । भिआइपी आएको बेला फोटो खिच्ने, टिकटक बनाउनेका लागि सिट्ठी फुकेर हटाइरहनुपर्ने अवस्था भएपछि सचेत होउन् भनेर ठाउँ–ठाउँमा सूचना बोर्ड पनि राखेका छौँ । सुरक्षा संवेदनशील क्षेत्रमा अनुमति बिना यस्ता कामहरू गर्न रोक लगाएका हौँ । समाचार प्रयोजनका लागि सञ्चारमाध्यमलाई भने रोक लगाइएको छैन ।’ 

प्रहरीले संवेदनशील क्षेत्रमा गएर टिकटक बनाएको, फोटो खिचेको सिसीटिभीबाट तथा स्थलगत रूपमा पनि मोनिटरिङ गर्ने गरेको छ ।

singadurbar2singadurbar3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप