आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ रेखाको ‘उपहार’को पहिलो गीत ‘वाह वाह’

शुक्रबार, १७ कात्तिक २०८०

काठमाडौँ । अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म ‘उपहार’को पहिलो गीत ‘वाह वाह’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । 

बाबुल गिरी र एलिना चौहानको स्वर रहेको गीत रोमान्टिक र डान्सिङ शैलीमा तयार छ ।

गायक गिरीकै संगीत र शंकर अधिकारी ‘घायल’को शब्द रहेको गीतमा फिल्मका शीर्ष कलाकार रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, समर्पणजंग कार्की, बेनिशा हमाल, तेज गिरीलगायत देखिएका छन् ।

गीतमा सिमसिमे पानीमा रेखा र मुकुनको डान्स मादक लाग्छ । पूजा र समर्पणजंग, बेनिशा र तेजको जोडी पनि सुहाउँदोछ । 

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्म रेखा फिल्मस्को ब्यानरमा बनेको हो । फागुन २५ गते फिल्मको रिलिज मिति बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया