सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ ।
सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार ४१६ सवारी कारवाहीबाट रु एक करोड १४ लाख ३६ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए ।
आव २०८१/८२ मा ३२ हजार १५७ सवारी चालकमाथि गरिएको कारवाहीबाट रु दुई करोड ५१ लाख १९ हजार ५०२ राजस्व सङ्कलन गरेको थियो ।
त्यस अवधिमा सिरहा जिल्लामा आव २०८२/८३ मा भएको एक हजार २० सवारी दुर्घटना भएका थिए । ती दुर्घटनमा परी ६२ पुरुष, सात महिला र १२ जना बालबालिकाको मृत्यु भएको थियो भने एक हजार ६७६ जना घाइते भए ।
अघिल्लो आव २०८१÷८२ मा सिरहामा ९६७ सवारी दुर्घटना हुँदा ६४ पुरुष, १४ महिला र ११ बालबालिकाको मृत्युु भएको थियो । ती घटनामा एक हजार ५५४ घाइते भएका थिए ।
सडक अवस्था, मानवीय लापरवाहीलगायतका कारण सवारी दुर्घटना केही बढे पनि विगतका तुलनामा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या त्यस आर्थिक बर्षमा घटेको प्रहरी निरीक्षक मरासिनीले बताए ।
पछिल्लो वर्षमा ट्राफिक सचेतना र नियमित जाँचका कारण सवारी दुर्घटनामा कमी आएको विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण