जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
सारांश
- अमेरिकी रक्षा मन्त्रालयले जोर्डनमा इरानको आक्रमणमा मारिएका दुई अमेरिकी सैनिक, २५ वर्षीय प्रथम लेफ्टिनेन्ट टायलर जेम्स फीहान र १९ वर्षीया सैनिक इसाबेला गोन्जालेसको परिचय सार्वजनिक गरेको छ ।
- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कप्र्स (आईआरजीसी) ले उक्त आक्रमणको जिम्मेवारी लिएको छ, जसमा अन्य अमेरिकी सैनिकहरू पनि घाइते भएका थिए ।
- यस घटनासँगै करिब पाँच महिनादेखि जारी अमेरिका–इरान युद्धमा मृत्यु हुने अमेरिकी सैनिकको संख्या १७ पुगेको छ ।
वाशिङ्टन डीसी । अमेरिकी रक्षा मन्त्रालयले जोर्डनमा इरानको आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक गरेको छ ।
रक्षा मन्त्रालयका अनुसार २५ वर्षीय प्रथम लेफ्टिनेन्ट टायलर जेम्स फीहान र १९ वर्षीया सैनिक इसाबेला गोन्जालेसको शुक्रबार जोर्डनस्थित मुवाफ्फाक सल्ती वायुसेना अड्डामाथि भएको आक्रमणमा मृत्यु भएको हो ।
इसाबेला गोन्जालेसको शुक्रबार नै मृत्यु भएको थियो भने टायलर जेम्स फीहानको शनिबार निधन भएको रक्षा मन्त्रालयले जनाएको छ ।
फीहानका आमाबुबाले अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै छोराको मृत्युले आफूहरू पूर्ण रूपमा शोकमा डुबेको बताएका छन् । उनीहरूका अनुसार फीहान सैन्य जिम्मेवारी पूरा गरेर घर फर्किएपछि विवाह गर्ने तयारीमा थिए ।
‘टायलरले आफ्नो २५ वर्षको जीवनमा धेरै मानिसले पूरा जीवनमा गर्न नसक्ने उपलब्धि हासिल गरेका थिए’ भन्ने प्रतिक्रिया परिवारले दिएको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कप्र्स (आईआरजीसी)ले शनिबार जारी गरेको वक्तव्यमार्फत उक्त आक्रमणको जिम्मेवारी लिएको थियो । अमेरिकी रक्षा मन्त्रालयले भने दुवै सैनिक शत्रुपक्षको आक्रमणमा मारिएको जनाएको छ । यस आक्रमणमा अन्य अमेरिकी सैनिकहरू पनि घाइते भएका थिए ।
तीमध्ये चार जनालाई उपचारका लागि जोर्डनको अस्पतालमा लगिएको थियो र उपचारपछि उनीहरूलाई डिस्चार्ज गरिएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ । रक्षा मन्त्रालयले घटनाबारे अनुसन्धान जारी रहेको पनि जनाएको छ ।
शनिबार घोषणा गरिएका यी मृत्युहरू मार्च महिनायता इरानी आक्रमणबाट ज्यान गुमाउने पहिलो अमेरिकी सैनिक हुन् । यसअघि आइतबार अमेरिकी रक्षा मन्त्रालयले इरानी ड्रोन निष्क्रिय पार्ने क्रममा अर्को एक अमेरिकी सैनिकको मृत्यु भएको जनाएको थियो । साथै बेपत्ता भएका एक सैनिकको खोजीका क्रममा जोर्डनमा अझै पहिचान हुन बाँकी मानव अवशेष फेला परेको पनि बताएको थियो ।
चारै सैनिकको सम्मानपूर्वक स्वदेश फिर्ता गर्ने कार्यक्रम बुधबार तय गरिएको छ । यी घटनासँगै करिब पाँच महिनादेखि जारी अमेरिका–इरान युद्धमा मृत्यु हुने अमेरिकी सैनिकको संख्या १७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण