मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो

मङ्गलबार, ०५ साउन २०८३, १२ : ४६
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • पर्वतको कुश्मा नगरपालिका–५ बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव सशस्त्र प्रहरीले निकालेको छ ।
  • साउन ४ गते साँझ करिब ९ बजे बागलुङ नगरपालिका–१४ घर भएका अन्दाजी ३३ वर्षीय दीपेन्द्र नेपालीले उक्त भिरबाट हामफालेका थिए ।
  • सामान्य घरायसी विवादका कारण उनले उक्त भिरबाट हामफालेको बताइएको छ ।

पर्वत । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बन्जिसाईडको भिरबाट हामफालेका व्यक्तिको शव सशस्त्र प्रहरीले निकालेको छ  ।

बागलुङ नगरपालिका–१४ नारायणस्थान घर भएका अन्दाजी ३३ वर्षीय दीपेन्द्र नेपाली साउन ४ गते साँझ करिब ९ बजे उक्त भिरबाट हाम फालेका थिए ।

सो लगत्तै उनको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं २५ चण्डिका गण पर्वतबाट खटिएको टोलीले फेला नपारेपछि पुनः आज बिहान उक्त गणबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्तसहित सशस्त्र प्रहरीले उनको शव करिब सवा ७ बजे फेला पारेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

सो टोलीले उनको शव रोप रेस्क्यु विधिद्वारा करिब १ सय ३० मिटर तल भिरबाट झन्डै ३५ मिनेटको प्रयासमा निकालेको थियो । उनी सामान्य घरायसी विवादका कारण उक्त भिरबाट हाम फालेको बताइएको  छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप