आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अब क्यूआर कोडमार्फत सुदूरपश्चिम प्रहरीमा गुनासो तथा उजुरी गर्न पाइने

शुक्रबार, १७ कात्तिक २०८०, १९ : २८
शुक्रबार, १७ कात्तिक २०८०

धनगढी । अब लिखितसँगै क्यूआर प्रविधिमार्फत पनि प्रहरी कहाँ गुनासो तथा उजुरी गर्न पाइने भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरीलाई कुनै गुनासो वा उजुरी गर्नु परे क्यूआर कोडमार्फत पनि गुनासो तथा उजुरी राख्ने पाइने भएको हो ।

शुक्रबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी भरत बोहोराले धनगढीस्थित प्रदेश प्रहरी कार्यालयमा उजुरी तथा गुनासो सुनुवाइका लागि क्युआर कोडको उद्घाटन गरेका हुन् ।

प्रहरीले शुक्रबारदेखि नै लागु हुनेगरी क्युआर कोड स्कान गरी गुनासा तथा उजुरी गर्न मिल्ने व्यवस्था मिलाएको छ ।

परम्परागत उजुरी पेटिकाले गुनासा व्यवस्थापन त्यति प्रभावकारी नभएकाले प्रविधि मार्फत उजुरी तथा गुनासा सुनुवाइ गर्न सुरु गरिएको डीआईजी बोहोराले बताए ।

क्यूआर प्रविधिबारे डीआई बोहोराले भने ‘अब यो व्यवस्थामार्फत जसले जहाँबाट पनि उजुरी तथा गुनासो गर्न सक्छ । त्यसको सम्बोधनका लागि अलग्गै युनिट बनाइएको छ । तत्काल रिस्पोन्स हुन्छ ।’

प्रदेश प्रहरी कार्यालयमा सुरु गरिएको क्युआर प्रविधि क्रमशः जिल्ला, इलाका हुँदै तल्लो युनिटसम्म सञ्चालन गर्ने योजना रहेको बताइएको छ ।

Police (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप