अब क्यूआर कोडमार्फत सुदूरपश्चिम प्रहरीमा गुनासो तथा उजुरी गर्न पाइने
धनगढी । अब लिखितसँगै क्यूआर प्रविधिमार्फत पनि प्रहरी कहाँ गुनासो तथा उजुरी गर्न पाइने भएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरीलाई कुनै गुनासो वा उजुरी गर्नु परे क्यूआर कोडमार्फत पनि गुनासो तथा उजुरी राख्ने पाइने भएको हो ।
शुक्रबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी भरत बोहोराले धनगढीस्थित प्रदेश प्रहरी कार्यालयमा उजुरी तथा गुनासो सुनुवाइका लागि क्युआर कोडको उद्घाटन गरेका हुन् ।
प्रहरीले शुक्रबारदेखि नै लागु हुनेगरी क्युआर कोड स्कान गरी गुनासा तथा उजुरी गर्न मिल्ने व्यवस्था मिलाएको छ ।
परम्परागत उजुरी पेटिकाले गुनासा व्यवस्थापन त्यति प्रभावकारी नभएकाले प्रविधि मार्फत उजुरी तथा गुनासा सुनुवाइ गर्न सुरु गरिएको डीआईजी बोहोराले बताए ।
क्यूआर प्रविधिबारे डीआई बोहोराले भने ‘अब यो व्यवस्थामार्फत जसले जहाँबाट पनि उजुरी तथा गुनासो गर्न सक्छ । त्यसको सम्बोधनका लागि अलग्गै युनिट बनाइएको छ । तत्काल रिस्पोन्स हुन्छ ।’
प्रदेश प्रहरी कार्यालयमा सुरु गरिएको क्युआर प्रविधि क्रमशः जिल्ला, इलाका हुँदै तल्लो युनिटसम्म सञ्चालन गर्ने योजना रहेको बताइएको छ ।
_EMT5cJOPX0.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण